नवनिर्वाचित सभामुख सापकोटाको सफथ आज विहान ११ बजे

0 Shares

संघीय संसदको प्रतिनिधिसभाको हिजोको बैठकबाट सभामुख पदमा निर्विरोध चयन हुनु भएका अग्निप्रसाद सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज विहान एक समारोहका वीच सफथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । सफथ ग्रहण लगत्तै सभामुख सापकोटाले सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा सभामुख पदको कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ ।
प्रतिनिधिसभाको हिजोको बैठकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का संसदीय दलकख उपनेता सुवाशचन्द्र नेमावाङले सोही दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ , भूतपूर्व सभामुख तथा सांसद ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णलेको समर्थनमा सांसद सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्ताव गर्नु भएको थियो । सो प्रस्ताव प्रतिनिधिको बैठकले सर्वसम्मत पारित गरेको थियो । सापकोटा सभामुखमा चयन भएसँगै संसद सचिवारयले सो जानकारी औपचारिक रुपमा राष्ट्रपति कार्यालयलाई गराएको थियो ।
सापकोटालाई सभामुखमा प्रस्ताव गर्दै उपनेता नेम्वाङ्गले आफ्नो दलले सापकोटा जस्तो उपयुक्त व्यक्ति सभामुखमा पदमा प्रस्ताव गरिएएको बताउनुभयो । सो बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सत्तारुढ दलसँग कुनै सम्झौता गरेर नभई आफ्नो दलका सदस्यहरु थोरै भएर चुनाव जित्ने अवस्था नभएकोले नेपाली काँग्रेसले सभामुख पदमा उम्मेद्वार नदिएको र सभामुख तथा उप-सभामुख फरक दलको हुनुपर्ने संविधानमा व्यवस्था भएपनि नेपाली काँग्रेस कमण्डलु थापेर उप-सभामुख माग्न नजाने बताउनु भएको थियो ।
यता अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्धामा आज सुनुवाई हुने भनिएपनि स्थगित भएको जानकारी प्राप्त भएको छ । सर्वोच्च अदालतको न्यायधीश हुनुभन्दा अगाडि अधिबक्ता मात्रै हुँदा सापकोटाको विरुद्ध वकालत गरेका न्यायधीश हरि फुयालको बेञ्चमा सो मुद्धा परेपछि न्यायधीश फुयालले सो मुद्धा हेर्न कनिच्क्षा देखाएपछि सुनुवाई स्थगित भएको बताइएको छ । उता सो मुद्धाको विषयमा टिप्पणी गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता आर.बी. भण्डारीले यो अर्थोक केही नभएर हिजोको नेकपा (एमाले) क्याडरहरु नै न्यायधीशमा नियुक्त गरिएकाले तिनले सभामुख सापकोटालाई क्लिन चिट दिने प्रयोजनलाई गरिएको कार्य हो भन्नुभयो ।

Leave a Reply