भारतद्वारा गरिएको नेपाली भूमि अतिक्रमण र एमसीसी सम्झौता विरुद्ध ९ दल संघर्षमा
नेपाल कम्युनिष्ट पार्टी , नेपाल कम्युनिष्ट पार्टी (मसाल) , नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी),नेकपा (माले), राष्ट्रिय जनमोर्चा , देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितका ९ दलले संयुक्त विज्ञप्ती जारी गरी भारतले गरेको कालीपानी-लिम्पियाधुरा सहितको नेपाली भूमि अतिक्रमण तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (MCC) सम्झौताको विरोध गर्दै यही माघ २४ गतेबाट संयुक्त संघर्ष शुरु गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षता बसेको बैठक पछि जारी विज्ञप्तिमा ती दलहरुले उक्त संघर्ष कै क्रममा विराटनगर , जनकपुर , काठमाडौ उपत्यका , पोखरा , बुटवल , सुर्खेत र धनगढीमा संयुक्त विरोधसभा गर्ने उल्लेख छ ।
