जनकल्याणकारी संस्था , गैंडाकोटले विभिन्न खाले सामाजिक कार्यहरु गरिरहेको छ

0 Shares

-नरेन्द्रबहादुर खड्का , अध्यक्ष , जनकल्यणकारी संस्था , गैडाकोट नगरपालिका-४, सुस्त-बर्दघाट पूर्व नवलपरासी

सेनामा रहेर काम गरेका भूतपूर्व सैनिक साथीहरु र उहाँहरुको परिवारमा कुनै समस्या देखिएमा त्यसको निराकरणको लागि २०६८ सालमा स्थापना भएको जनकल्याणकारी संस्था आफ्नो उद्देश्य अनुरुप सम्बन्धित निकाय सँग समन्वय गरी काम गरिरहेको छ । १० धुर जमीनमा बनेको संस्थाको आफ्नै ३ तले भवन छ , जो संस्थाका सदस्यहरु लगायतका भूतपूर्व सैनिक साथीहरुले जम्मा गरेको रकमबाट बनेको हो ।
हाम्रो यस संस्थाले विभिन्न कारणले रोकिएर लामो समयदेखि निवृत्तिभरण(पेन्सन) नपाएका साथीहरुका परिवारलाई पेन्सन उपलब्ध हुने अवस्था निर्माण गर्न सफल भएको छ ।
स्वरोजगार बनाउने उद्देश्यले हामीले यस संस्थाको भवनमा टोपी बुनाई , सिलाई बुनाई लगायतका रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ । यसबाट अति न्युन शुल्कमा तालिम लिई १५० जना स्वरोजगार बनेका छन् ।
भारतीय सेनामा काम गरेका साथीहरुका नानीहरु तथा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति दिलाउन यो संस्थाले पहल गरिरहेको छ , जस अनुरुप यसै संस्थाको पहलमा माहात्मा गान्धी छात्रवृत्ति १५० जना नानीहरुलाई दिलाउन सफलता मिलेको छ ।

Leave a Reply