धौलागिरी समाज नेपाल काठमाडौंको स्मारिका प्रकाशन बारे सूचना !

धौलागिरि समाज नेपाल , काठमाडौंले गण्डकी धौलागिरी स्मारिका २०७६ निकाल्दैछ । त्रिबेणी धामदेखि नारायणी देबघाट कालीगण्डकी नदी हुँदै मुक्तिनाथ दामोदर कुण्डसम्मका धार्मिक , सांस्कृतिक तथा शैक्षिक पर्यटकीय एबम् सम्पूर्ण समसामयिक गतिबिधिहरु सम्बन्धी लेख , रचना प्राप्त भैसकेका छन् । हाल प्रेसमा रहेको स्मारिकामा अझ केही महत्त्वपूर्ण लेख रचना भएमा सम्पर्क गर्नु होला । धौलागिरीको मिति २०७६/११/१७ गते काठमाडौंको ढुङ्गेधारा रिङ्गरोडको अन्नपूर्ण चोक स्थित माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को हलमा ठिक ११.० बजेदेखि अन्तरक्रिया कार्यक्रम राखिएको हुँदा उक्त दिनको सुझावलाई समाबेश गरी फाल्गुन महिना मै प्रकाशन गरिने जानकारी गराईन्छ । उक्त दिन उपस्थितिको लागि समेत सम्पूर्णलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ।
-गोविन्दप्रसाद शर्मा , अध्यक्ष ,धौलागिरी समाज नेपाल काठमाडौं ।
सम्पर्क मो. नं. : 9851079811, 9841442444, 9851083328, 9860566049, 9851200807, 9851066422