पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लि. , पालुङ्गले आफ्ना सदस्यहरुलाई २०७६ माघ २९ गतेबाट तरकारीको वीऊ विजन नि:शुल्क वितरण गर्ने

0 Shares

मकवानपुरको थाहा नगरपालिका-४,पालुङ्ग- थाना बजारमा आफ्नै भवनमा मुख्य कार्यालय तथा बज्रवाराही र हेटौंडामा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको पालुङ्ग बहुउदेश्यीय सहकारी संस्थ लि.ले आफ्ना शेयर सदस्यहरुलाई २०७६ माघ २९ गतेबाट तरकारीको वीऊ विजन नि:शुल्क वितरण गर्ने सोही संस्थाका व्यवस्थापक प्रकाश पौडेलले

सहकारी सञ्चालनलाई बताउनु भएको छ । मकवानपुर जिल्लाभर कार्यक्षेत्र भएको तथा आर्थिक वर्ष २०७४/०७५ मा मकवानपुर जिल्ला कै उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको हाम्रो यस पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्ममा मकवानपुर जिल्ला भित्र अर्को एक सदस्य सेवाकेन्द्र स्थापना गर्ने योजनाका साथ कार्य गरिरहेको उहाँको भनाई छ । उहाँले २०७६ माघ २६ गतेसम्म हाम्रो यस संस्थाका १५३ वटा लघुवित्त समूह मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको बताउदै यस संस्थाको लघुवित्त समूहहरुमा सदस्य संख्या ४,००० , यस संस्थामा शेयर सदस्य संख्या ५,५०० ,शेयर पूँजी रु.७ करोड , बचत संकलन रु.४९ करोड , ऋण लगानी रु.७० करोड र कूल कारोवार रु ८० करोड रहेको छ भन्नुभयो । यस संस्थाले आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि IME, PraBhu , Himal , Western Union ,I pay , City Express , Prithbi लगायतका रेमिट्यान्स सेवा सञ्चालन गरिरहेको उहाँको कथन छ ।
सोही संस्थाका सह-व्यवस्थापक रामप्रसाद ढकालले

सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै बचत र ऋण कारोवार सँगै हाम्रो यस पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई सुलभ मुल्यमा रासायनिक मल उपलब्ध गराउनुका साथै उनीहरुलाई ६ जना कृषि प्राविधिकहरुबाट प्राविधिक सेवा प्रदान गर्नुका साथै उन्नत प्रविधिको प्रदर्शनी गर्दै आएको र सो उन्नत प्रदर्शनी अन्तर्गत प्लाष्टिक मल्चिङ्ग खेती (प्लाष्टिकले ढाकेर खेती गर्ने) ,टनेल खेती , थोपा सिञ्चाई , आई.पी.एम.(IPM) प्रविधिको प्रदर्शनी तथा सुरक्षित विषादीको प्रयोग (पावर स्प्रे)को प्रदर्शनी र वितरण रहेको बताउनुभयो । तरकारी प्याकिङ्ग तथा ग्रेडिङ्गको प्रदर्शनी गर्ने गरिएको छ भने सदस्यहरुको खेतबारी मै गएर उनीहरुलाई प्रविधिकहरुले त्यस सम्बन्धी ट्रेनिङ दिने गरिएको उहाँको भनाई छ । आफ्नै स्वामित्वमा मुख्य कार्यालय भवन र ५ रोपनी जग्गा रहेको सो संस्थाले आफ्नो मुख्य कार्यालय नजिकै बजार विकास गर्ने उद्देश्यले तरकारी संकलन केन्द्र सी.एम.डी.पी. (CMDC) परियोजना अन्तर्गत पुनर्निर्माण गरिएको बताउदै उहाँले यस संस्थाका शेयर सदस्यहरुलाई बढी भन्दा बढी पुस्तकालय उपयोग गराई उनीहरुलाई कृषि सम्बन्धी जानकारी गराउने कार्यक्रम रहेको छ भन्नुभयो । यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई व्यवसायिक साक्षरता कार्यक्रम अन्तर्गत ८ वटा कक्षा सञ्चालन गरी सकेको छ भने १३ कक्षा सञ्चालनमा रहेका र यो कार्यक्रम शेयर सदस्यहरु वीच प्रभावकारी रहेकोले यसलाई निरन्तरता दिइने योजना रहेको उहाँको कथन छ ।