लुम्विनी साकोस , सुनवल र सुनवल बहुउद्देश्यीय सहकारी संस्था लि. , सुनवल बीच एकीकरण भयो

0 Shares

नवलपरासी बर्दघाट-सुस्ता पश्चिमको सुनवल नगरपालिका वडा नं.१२, भुमहीमा रहेको लुम्विनी बचत तथा ऋण सहकारी संस्था लि. र सुनवल नगरपालिका वडा नं.४ मा रहेको सुनवल बहुउद्देश्यीय सहकारी संस्था लि. वीच एकीकरण भएको छ । लुम्विनी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ खरेल र सुनवल बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष चण्डीप्रसाद पाण्डेले ती दुई सहकारी संस्थाहरु वीच एकीकरण गर्ने सहमती गर्नु भएको बताइएको छ । प्रदेश नं.५ अन्तर्गत रहेका ती दुबै संस्थाको एकीकरणका लागि नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय , सहकारी विभागले आज स्वीकृती दिएको र अब चाडै दुबै संस्थाको एकीकृत कारोवार शुरु गर्ने साविकको लुम्विनी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष लेखनाथ खरेलले

सहकारी सञ्जाललाई बताउनुभयो । दुई संस्था वीच एकीकरण सम्पन्न भएसँगै एकीकृत संस्थाको नाम लुम्विनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.रहने र त्यसको व्यवस्थापकमा साविकको लुम्विनी बचत तथा ऋण सहकारी संस्था लि.कै व्यवस्थापक बद्रीप्रसाद पौडेल रहने सहमती भएको जनाइएको छ । १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने समझदारी भए अनुसार सो संस्थाको सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खरेल , उपाध्यक्षमा उमाकान्त उपाध्याय र विष्णुप्रसाद अर्याल , सचिवमा तारा आचार्य , सह-सचिवमा भुवनेश्वरप्रसाद चौधरी र कोषाध्यक्षमा लालूप्रसाद पौडेल रहने सहमती भएको छ ।
सो अध्यक्ष लेखनाथ खरेलले २०७६ माघ २८ गतेसम्म दुवै संस्थाको एकीकृत शेयर सदस्य संख्या ६,१०० , शेयर पूँजी रु.७ करोड, निक्षेप संकलन रु.५६ करोड , कर्जा लगानी रु.५६ करोड २० लाख र कूल वासालात रु.७१ करोड रहेको र यी दुई संस्था वीच एकीकरण भई बन्ने लुम्विनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासी बर्दघाट-सुस्ता पश्चिमको सबैभन्दा ठूलो सहकारी संस्था बनेको बताउनुभयो ।

Leave a Reply