एस.एम.एस. बैंकिङ्ग सेवा शुरुवातको तयारी गर्दै मुना साकोस , गैडाकोट

सुस्ता-बर्दघाट पूर्व नवलपरासीको गैंडाकोटमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि एस.एम.एस.(SMS) बैंकिङ्ग सेवा शुरुवात तथा क्यालेण्डर प्रकाशन गर्ने तयारी गरिरहेको सो संस्थाका सचिव मिलनराज घिमिरेले सहकारी सञ्जाललाई बताउनुभयो । सोही संस्थाका व्यवस्थापक सरोजभक्त पोखरेलले सहकारी सञ्जाल सँग कुरा गर्दै हाम्रो यस मुना बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नै स्वामित्वमा रहने गरी जग्गा खरीद गर्ने नीति अनुरुप कार्य अगाडि बढेको बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको सदस्य संख्या २,१०० र चुक्ता शेयर पूँजी रु.१ करोड ५० लाख पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको उहाँको भनाई छ । उहाँले २०७६ माघ २३ गतेसम्म शेयर पूँजी हिसाव रु.१,१८,९६,७०० , शुद्ध नाफा रु.३६,२३,५२८, कोष हिसाव ७७,१९,५९१ , बचत हिसाव रु.५,४७,५६,२६३/३० र ऋण लगानी हिसाव रु.५,७७,६६,५६०/४० रहेको छ भन्नुभयो ।
उक्त संस्थाको २०७६ पुस २८ गते गैंडाकोट खानेपानीको सभाहलमा चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सोही संस्थाकी अध्यक्ष संगीता घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साधारणसभाको अध्यक्षता ग्रहण गर्दै त्यस संस्थाकी अध्यक्ष संगीता घिमिरेले

हाम्रो यस मुना बचत तथा ऋण सहकारी संस्था लि.को खम्बाको रुपमा रहनु भएका शेयर सदस्यहरुको इमान्दारिता तथा यस संस्थाप्रतिको उहाँहरुको विश्वास , माया र सद्धभाव एवं व्यवस्थापन पक्षको योगदानका कारण हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढेर यो अवस्थामा आइपुगेको बताउनुभयो । त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै उक्त संस्थाका उपाध्यक्ष तथा सेवाकेन्द्रका संयोजक युवराज रिमालले यस संस्थाले आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि आई.एम.ई.(IME) तथा अन्य रेमिट्यान्स सेवा सञ्चालन गरिरहेको बताउनुभयो । त्यस सभामा उक्त संस्थाका सचिव रविन्द्रराज घिमिरेले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष सीता चापागाई घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक शिवप्रसाद पाण्डेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सोही साधारणसभाले पारित गरेको प्रतिवेदनमा २०७५/०७६ मा त्यस संस्थाको शेयर सदस्य संख्या १,६९० , वाल बचतकर्ता रु.६२३ , शेयर पूँजी रु.१,१८,१२,८०० र खुद मुनाफा रु.३०,९९,५७२/७७ रहेको उल्लेख छ । त्यस अवसरमा उक्त संस्थाका उत्कृष्ट कारोवारकर्ता तथा उत्कृष्ठ कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
सोही साधारणसभा तथा अधिवेशनले रविन्द्रराज चिमिरेको

अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने गरी चयन भएको सञ्चालक समितिको उपाध्यक्षमा सीता चापागाई घिमिरे , सचिवमा मिलनराज घिमिरे , कोषाध्यक्षमा अमृतकान्त पण्डित , सह-सचिवमा टीकाबहादुर क्षेत्री ,सह-कोषाध्यक्षमा शान्ता पाण्डे काप्री तथा सञ्चालक सदस्यमा संगीता घिमिरे , युवराज रिमाल , तेजप्रसाद घिमिरे , शान्ति न्यौपाने , मेनुका घिमिरे , गीता तिवारी ,एकदेव घिमिरे , भूमिका तिमिल्सिना र मुक्तिकला भण्डारी चयन हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति संयोजकमा हरि पौडेल तथा सदस्यमा कपिल घिमिरे र दुर्गा नेपाल पोखरेल चयन हुनु भएको छ ।
