दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरुलाई सहकारी विभागको सूचना !

सहकारी ऐन ,२०७४ को दफा ३२ को उपदफा (१)मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनु अघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नु पर्ने व्यहोरा विदितै छ ।
सहकारी ऐन ,२०७४ मिति २०७४ कार्तिक १ गतेदेखि जारी भएकोले कसैले एकै स्थानीय तहभित्र कार्य सञ्चालन गरिरहेका एकै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थाहरुको सदस्यता लिनु भएको भए २०७७ असोज मसान्त भित्रै आफूले छनौट गरेको कुनै एक मात्र सहकारी संस्थाको सदस्यता मात्र कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरुको सदस्यता अन्त्य गर्नु हुन अनुरोध छ । सहकारी संस्थाहरुले पनि आफ्ना सदस्यहरुलाई अवगत गराएर तदनुसार गर्ने ,गराउने व्यवस्था मिलाउन सूचित गरिन्छ । अन्यथा कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्त ।