सिद्धिपुर- थसि बहुउद्देश्यीय सहकारी संस्था लि. , सिद्धिपुरको आ.व. २०७६/०७७ मा शेयर पूँजी रु.४,६०,७७,२४० पु-याउने लक्ष्य

0 Shares


ललितपुरको महालक्ष्मी नगरपालिका -६ ,सिद्धिपुरमा रहेको सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र अमात्यले आर्थिक वर्ष २०७६/०७७ मा सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.को शेयर पूँजी रु.४,६०,७७,२४० , निक्षेप संकलन रु.५६,१३,६९,९७७ र कर्जा लगानी रु.५७,५१,४३,६९१/१३ पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको सहकारी सञ्जाललाई बताउनुभयो ।
उक्त संस्थाको २०औँ वार्षिक साधारणसभा सोही संस्थाका आध्यक्ष राजेन्द्र अमात्यको अध्यक्षता र महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा २०७६ पुस १९ गते बुद्ध पार्टी प्यालेस (भेन्यु) , टीकाथलीमा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै प्रमु अतिथि श्रेष्ठले महालक्ष्मी नगरपालिकाले ऐन तथा नियमावलीलाई कार्यान्वयन गर्दै सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी कार्यक्रम सञ्चालन अगाडि बढाएको बताउनुभयो । उहाँले सहकारी संस्थाले बचत र ऋण कारोवारमा मात्रै सिमित नरही उत्पादनमूलक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो । त्यस अवसरमा महालक्ष्मी नगरपालिकाकी उप-मेयर निर्मला थापाले यस सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रतिवेदनमा उल्लेखित तथ्याङ्ले यो संस्थाले राम्रो वित्तीय प्रगति गरिरहेको देखिएको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उहाँले सहकारी संस्थाले महिला सशक्तिकरणका कार्यक्रम अगाडि बढाउनु पर्ने खाँचो औल्याउनुभयो । उक्त अवसरमा सोही नगरपालिकाकाको वडा नं.६ का वडा अध्यक्ष बाशुदेव महर्जन तथा विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही साधारणसभामा त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त सभाका अध्यक्ष राजेन्द्र अमात्यले
स्थानीय समुदायमा आधारित हाम्रो यस सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको र सदस्यहरु लगायतको सहयोगबाट हाम्रो यस संस्था निरन्तर प्रगतिपथमा रहेको बताउनुभयो ।
उहाँले यस संस्थाले आफ्नो कार्यालय रहेको जग्गा भवन चालु आ.व. मा . सानागाउँ-९ /क कि.नं.३२४को क्षेत्रफल ०-८-०-० (आठ आना) जग्गा खरीद गरेको जानकारी दिनुभयो ।
त्यस संस्थाका कानूनी सल्लाहकार अधिवक्ता किरणकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको सो सभामा उक्त संस्थाका लेखा सुपरीवेक्ष समिति संयोजक तुल्शीबहादुर नेम्कुल (ख) ले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानप्रसाद नेम्कुल (क) ले आर्थिक प्रतिवेदन पेश गर्न भएको थियो । उक्त साधारणसभाले सदस्यहरु वीच छलफल गरी तीप्रतिवेदनहरु पारित गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा रु.३,८३,९७,७०० , निक्षेप संकलन रु.४६,७८,०८,३१४/१३ र कर्जा लगानी रु.४७,९२,८६,४०९/३१ रहेको बताइएको ।

Leave a Reply