अमरदीप महिला उत्थान साकोस , नारायणगढ ,चितवनले आफ्नो कार्यक्षेत्र भित्र ८९० वटा चर्पी निर्माण र आफ्ना शेयर सदस्यहरुका ११ सय असुरक्षित घरलाई सुरक्षित बनायो

0 Shares

चितवनको भरतपुर महानगरपालिका-२, नारायणगढ ,नारायणीपथमा सञ्चालन भइरहेको अमरदीप महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना निम्न अवस्थाका शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी विभिन्न रचनात्मक क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै सोही संस्थाकी अध्यक्ष ईश्वरी प्रधानले

हाम्रो यस अमरदीप महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो कार्यक्षेत्रभित्र निम्न आय भएका समुदायको बस्ती छनौट गरी २० जनाभन्दा बढी सदस्य भएको महिला समूह गठन गरेर उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ समूहको जमानीमा सहुलियत व्याजदरमा विना धितो कर्जा प्रदान गर्नुका साथै समय-समयमा विभिन्न सीपमूलक तालिम प्रदान गर्ने गरेको बताउनुभयो । यस संस्थामा धनी र उच्च घराना हुँ भन्नेहरुलाई सदस्यता दिने नीति नरहेको उहाँको भनाई छ । उहाँले हाम्रो यस संस्थाले ह्याबिडेट फर ह्युमिनिटी नेपाल लगायतका संघ/संस्थाहरु सँग समन्वय कायम गरी आफ्नो कार्यक्षेत्र भित्रका बस्तीहरुमा ८९० वटा चर्पी बनाई ती बस्तीहरुलाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउन अग्रणी भूमिका निर्वाह गर्नुका साथै ११ सय असुरक्षित बसोबार रहेका घरहरुलाई सुरक्षित घरमा परिणत गरिएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।
उक्त संस्थाकी व्यवस्थापक ज्योतिका थापाले

२०७६ माघ २४ गतेसम्म हाम्रो यस संस्थामा शेयर सदस्य संख्या २,१८९ , शेयर पूँजी रु.२,२४,६८,४२७ , निक्षेप संकलन रु.९,८३,८६,४८३ र कर्जा लगानी रु.१२,८५ , ८९,२१० रहेको छ भन्नुभयो ।
सोही संस्थाका प्राविधिक मनबहादुर गुरुङले

भरतपुर महानगरपालिकाको वडा नं.१३ र १४ बाहेक १ देखि १६ र २९ नं. वडामा कार्यक्षेत्र रहेको यस संस्थाका शेयर सदस्यहरुलाई न्यायमा पहुँचका लागि कानुनी परामर्श दिने नीतिका साथ तालिम सञ्चालन गर्ने योजना अनुसार कार्य भइरहेको बताउनुभयो ।
२०६३ साल फागुन ११ गते रमा अधिकारीको नेतृत्वमा २६ जना सदस्य रहेको “चितवन महिला एकता” हुँदै २०६४ साल मंसीर २० गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरमा दर्ता भई २६ जना शेयर सदस्यहरुको रु.२,६०० पूँजीबाट त्यस संस्थाको कारोवार शुभारम्भ भएको थियो । २०७६ कार्तिक २३ गते आफ्नो १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको सो संस्थामा यतिबेला ईश्वरी प्रधान-अध्यक्ष , कुशुम क्षत्री-नि:वर्तमान अध्यक्ष , सीतादेवी रेग्मी-उपाध्यक्ष , भगवती अधिकारी-सचिव , विना गुरुङ-कोषाध्यक्ष तथा भगवती शाही , शान्ति अधिकारी , होमकुमारी श्रेष्ठ , अम्बिका सुवेदी , भरतकुमारी खड्का , र दीपा शर्मा- सञ्चालक सदस्य रहेको सञ्चालक समिति ,देवी राई-संयोजक तथा सञ्जु कुँवर र तुलमाया गुरुङ्ग- सदस्य रहेको लेखा सुपरीवेक्षण समिति , शान्ति अधिकारी-संयोजक एवं शान्ति घिमिरे र सुस्मिता आले – सदस्य रहेको शिक्षा उप-समिति , होमकुमारी श्रेष्ठ-संयोजक तथा हिरा आले र कविता लामिछाने- सदस्य रहेको धितो मूल्याङ्कन उप-समिति क्रियाशील छन् भने अधिवक्ता नीलकण्ठ अधिकारी-कानूनी सल्लाहकार तथा रमा अधिकारी र लक्ष्मीकुमारी श्रेष्ठ सल्लाहकार हुनुहुन्छ । यसै गरी सो संस्थामा ज्योतिका थापा- व्यवस्थापक, मनबहादुर गुरुङ्ग-प्राविधिक ,तुलशी आचार्य कँडेल- बजार अधिकृत , भानु गुरुङ-ऋण अधिकृत , देवकी श्रेष्ठ-बचत संकलक र निशा गुरुङ-कार्यालय सहयोगीको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply