२०७६ फागुन ३०- चैत १ मा २ दिवसीय प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मलेन गर्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.
ललितपुर महानगरपालिका -१३, कुसुन्तीमा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघ लि.ले २०७६ फागुन ३० गतेदेखि चैत १ गतेसम्म काठमाडौंको सोल्टी क्राउन प्लाजा होटल , ताहाचलमा “प्रथम बहुउद्धेश्यीय सहकारी राष्ट्रिय सम्मेलन, २०७६”आयोजना गर्न लागेको सोही संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताउनु भएको छ । सो संघले उक्त सम्मेलनमा देशभर सञ्चालित बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुबाट सक्रिय रुपमा सहभागिताको लागि अनुरोध गरेको जनाएको छ ।
