स्वस्तिक साकोस , चन्द्रनिगाहपुरको आठौं स्वस्तिक दिवस र स्वस्तिक वाल भेला सम्पन्न

0 Shares

रौतहटको चन्द्रनिगाहपुरमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लि.को आठौँ स्वस्तिक दिवस तथा स्वस्तिक वाल भेला सोही संस्थाका अध्यक्ष नरेन्द्रबहादुर रानाको अध्यक्षतामा यही फागुन ९ गते सम्पन्न भयो । त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै रौतहटको चन्द्रपुर नगरपालिकाका उपमेयर रामरती चौधरीले सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याइरहेको योगदानको प्रशंसा गर्दै सहकारीका कारण महिलाहरुको आर्थिक अवस्थामा सुधार भइरहेको बताउनुभयो । सोही अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्य देवकी नेपालले सहकारी क्षेत्रले देशको समृद्धि र विकासमा महत्वपूर्ण योगदान गरिरहेको बताउदै ६० प्रतिशत भन्दा बढी महिलाहरु सहभागी भएको सहकारी क्षेत्र आर्थिक रुपमा सवल , सम्पन्न र पारदर्शी हुनुु पर्नेमा जोड दिनुभयो । त्यस अवसरमा चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रकला बरालले सहकारी ऐन ,२०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुरुप २०७७ असोज मसान्तसम्ममा एकजना सदस्यले एउटा स्थानीय तहमा एकै प्रकृतिको एउटा मात्रै सहकारी संस्था रोज्नु पर्ने बताउनुभयो । सोही अवसरमा सो संस्थाका अध्यक्ष नरेन्द्रबहादुर रानाले संस्थाको गतिविधि बारेमा जानकारी दिदै हाम्रो यस स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सबै शेयर सदस्यहरुको नि:शुल्क दुर्घटना वीमा गर्ने र ऋणको वीमा गर्ने नीति रहेको बताउनुभयो । राहत कोषको स्थापना गरी यस संस्थाका शेयर सदस्यको मृत्यु भएमा निजको घरपरिवारलाइ रु.२६ हजार राहत प्रदान गर्ने योजना रहेको बताउदै उहाँले संस्थाका वाल सदस्यहरुलाइ भ्रमण गराउने योजना रहेको छ भन्नुभयो । आगामी आर्थिक बर्ष यो संस्थाको ऋणको अधिकता सीमा रु.१० लाख पु-याउने योजना रहेको उहाँको भनाइ थियो ।
त्यस अवसरमा उक्त संस्थाका व्यवस्थापक होमबहादुर थापाले सो संस्थाको कूल रकम रु.१३ करोड १८ लाख , शेयर सदस्य संख्या ३,१५१ र वाल बचतकर्ताहरु १,५२८ रहेको बताउनुभयो ।
करीव २ हजार सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा ४५ जना नयाँ शेयर सदस्य र ३२६ जना बाल बचतकर्ता थप हुनुका साथै ३ वटा समुह पनि दर्ता भएका र उक्त अवसरमा रु. १ लाख ६५ हजार संकलन भएको जनाइएको थियो ।

Leave a Reply