प्रलभ साकोस , अत्तरखेलले जग्गा खरिद ग-यो
काठमाडौ्ंको गोकर्णेश्वर नगरपालिका-९, अत्तरखेलमा रहेको प्रलभ बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो भवन निर्माणका लागि बागमती प्रदेश, सहकारी महाशाखाको स्वीकृतीमा सोही संस्थाको कार्यालय नजिकै रहेको गोकर्णेश्वर नगरपालिका-८ , शिवपुरी चोकमा यही फागुन ९ गते ५ आना जग्गा खरीद गरेको उक्त संस्थाका प्रवन्धक राजकुमा्र श्रेष्ठले सहकारी सञ्जाललाई बताउनुभयो ।
२०७६ कार्तिक २३ गते आफ्नो ११ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको सो संस्थाको यही फागुन ११ गतेसम्म शेयर सदस्य संख्या ४५४, शेयर पूजी रु.१ करोड, निक्षेप संकलन रु.७ करोढ ५० लाख , कर्जा लगानी रु.५ करोड ३० लाख र कूल कारोवार रु.९ करोड रहेको उहाँको भनाई छ ।
सो संस्थामा दिनेश भण्डारी-अध्यक्ष, हरि दाश श्रेष्ठ ‘B’-उपाध्यक्ष , कुमार बोगटी-सचिव , राजकुमार श्रेष्ठ-कोषाध्यक्ष तथा गोपाल श्रेष्ठ , कृष्ण श्रेष्ठ ,विष्णुहरि कर्माचार्य ,श्यामकुमार श्रेष्ठ र श्रीमती चनमती श्रेष्ठ-सदस्य रहेको सञ्चालक समिति एवं द्वारिका श्रेष्ठ-संयोजक तथा सानुकाजी श्रेष्ठ र राजकुमार श्रेष्ठ-सदस्य रहेको लेखा सुपरीवेक्षण समिति कार्यरत छ ।
आर्थिक वर्ष २०७५/०७६ उक्त संस्थाको शेयर पूँजी रु.८१,५१,२६३/९५ ,निक्षेप संकलन रु.६,३५,४१,३३४/९८ र ऋण लगानी रु.४;९१,२७,२९५ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु. २ करोड ३० लाख , निक्षेफ संकलन रु.८ खरोड ५० लाख र कर्जा लगानी रु. ६ करोड ५० लाख पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको सो संस्थाले जनाएको छ ।
