सारा विकास साकोस , सरस्वतीनगरको १०औँ वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम-२०७६ आज सम्पन्न

0 Shares

काठमाडौं महानगरपालिका-६,सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम-२०७६ आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४,जगडोलमा सोही संस्थाका अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठको अध्यक्षता र काठमाडौं महानगरपालिका वडा नं.६ का वडा अध्यक्ष दीपेन्द्र लामाको प्रमुख आतिथ्यतामा
सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै

प्रमुख अतिथि लामाले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरु बचत र ऋण कारोवारमा मात्रै सिमित नरही उत्पादनशील कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नेपाल निर्माण सामाग्री व्यापार संघका कार्य समिति सदस्य तथा कुशल व्यवसायी रविनकुमार श्रेष्ठले यस सारा विकास साकोसले स्थापना भएको छोटो समयमा गरिरहेको प्रगति देख्ता आफूलाई खुशी लागेको छ भन्दै यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यसै साधारणसभामा सोही संस्थाका अध्यक्ष श्रेष्ठले

उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ हाम्रो यस सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.ले उल्लेखनीय प्रगति गरेको बताउदै आफ्ना शेयर सदस्यहरुलाई सकेसम्म आफ्नो सबै वित्तीय कारोवार यसै संस्थामा गर्न अनुरोध गर्नुभयो । सहकारी ऐन , नियमावली तथा सरकार लगायतका नियमनकारी निकायले जारी गरेका नीति निर्देशनलाई पालना गर्दै यस संस्थाले शेयर सदस्यहरु वीच बचत तथा ऋण कारोवार सँगै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाई थियो । सहकारी एकीकरणलाई सल्लाह गरी अगाडि बढाउने बताउदै उहाँले सदस्यहरुको सेवाको लागि भरपर्दो रेमिट्यान्स
सञ्चालन गर्दै विधि र प्रविधिको समुचित प्रयोग गरी मोवाइल बैंकिङ्ग सेवा ल्याई सदस्यहरुलाई लाभान्वित गरिने छ भन्नुभयो । त्यसै संस्थाका उपाध्यक्ष महेश गिरीले स्वागत मन्तव्य र अजय बस्नेतले सञ्चालन गर्नु भएको त्यस सभामा सोही संस्थाका कोषाध्यक्ष लक्ष्मी बानिया क्षेत्रीले
आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सृजन तिम्सिनाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । सदस्यहरु वीच छलफल गरी सो साधारणसभाले पारित गरेको प्रतिवेदनहरुमा सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१ करोड ६९ हजार ६ सय , निक्षेप संकलन रु.२करोड ६५ लाख ३९ हजार २ सय ८६/९१ , कर्जा लगानी रु.२ करोड ४५ लाख ५१ हजार ४ सय ९१/९२ , सञ्चालन मुनाफा रु.१४ लाख ६१ हजार ६ सय २३/६६ र कूल कारोवार रु.४ करोड ५ लाख ७१ हजार ३ सय २६/२१ रहेको आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.१ करोड ३७ लाख , निक्षेप संकलन रु.३ करोड ५ लाख ,कर्जा लगानी रु.२ करोड ६१ लाख पु-याउने लक्ष्य लिएको उल्लेख छ ।

उक्त अवसरमा सोही संस्थाका जेष्ठ शेयर सदस्य राजकुमार संगत र नानीराम के.सी., उत्क‌ष्ठ बचतकर्ता सदस्य उत्तमबहादुर श्रेष्ठ , उत्कृष्ठ ऋणी सदस्य ओमप्रसाद दाहाल तथा उत्कृष्ठ कर्मचारी गीता गिरी र स्वस्तिका संगतलाई सम्मान गरिएको थियो ।
। सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गरिएको थियो ।
२०७६ पुस ९ गते बसेको त्यस संस्थाको सञ्चालक समितिको बैठकले २०७६ पुस २४ गते आफ्नो संस्थाको १०औँ वार्षिक साधारणसभा मिति र स्थान तय गरी त्यसको तयारी गरिरहेको बेला अचानक त्यसै संस्थाका अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठका पिताको असमायिक निधन भएकोले स्थगित भएको उक्त साधारणसभा तथा बनभोज कार्यक्रम एकै साथ गरिएको आयोजकको भनाई छ ।
सोही संस्थाको सञ्चालक समितिको अध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ , उपाध्यक्षमा महेश गिरी , सचिवमा विसाल श्रेष्ठ , कोषाध्यक्षमा लक्ष्मी वानिया क्षेत्री तथा सदस्यमा मानबहादुर बस्नेत , तेली कुमारी र अर्जुनप्रसाद घिमिरे , लेखा सुपरीवेक्षण समितिको संयोजकमा सृजन तिम्सिना तथा सदस्यमा सजिव कार्की र पुर्णप्रसाद मैनाली र ऋण उप-समितिको संयोजकमा महेश गिरी तथा सदस्यमा प्रविन राई र राजेश गिरी कार्यरत हुनुहुन्छ ।

Leave a Reply