प्रगतिपथमा अगाडि बढ्दै कामाज साकोस , सरस्वतीनगर

0 Shares

काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरमा रहेको कामाज बचत तथा ऋण सहकारी संस्था लि.निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ । महिलाहरुले सञ्चालन गरेको यो संस्थाले शेयर सदस्य र शेयर पूँजी बृद्धि गर्ने र बचत तथा ऋण कारोवार सँगै आफ्ना महिला सदस्यहरुलाई उद्यमशीलता तर्फ लाग्न प्रोत्साहन गरी उनीहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्ने नीति अनुरुप कार्य सञ्चालन भइरहेको उक्त संस्थाका व्यवस्थापक देवीलाल जोशीको भनाइ छ । आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.४३ लाख ८१ हजार ८ सय २१ , कूल निक्षेप संकलन रु.३ करोड ४ लाख २९ हजार १ सय ४५/७२ , निक्षेप रकम फिर्ता रकम रु.२ करोड ९४ लाख ५२ हजार ३ सय ३२/६५ , बाँकी निक्षेप संकलन रु.१ करोड ८१ लाख २४ हजार ८ सय ४३/२२, कूल कर्जा लगानी रु.२ करोड ७१ हजार ८ सय ८६/९९ , कर्जा असुली रु.१ करोड ६९ लाख १० हजार ६ सय ३७/८२ र बाँकी कर्जा लगानी रु.१ करोड ९९ लाख ६५ हजार ४ सय २५/७५ र नेपाल सरकारलाई विभिन्न शीर्षकमा रु.१ लाख २३ हजार ६ सय ४५ राजश्व तिरेको बताउदै उहाँले २०७६ फागुन २१ गतेसम्म यस संस्थामा शेयर पूँजी रु.५५ लाख ३ हजार ४ सय १४ , निक्षेप संकलन रु.२ करोड २६ लाख ५ हजार २ सय ८९ , कर्जा लगानी रु.२ करोड २१ लाख ७१ हजार ७ सय ९५ र कूल कारोवार रु.२ करोड ७९ लाख ६८ हजार ९ सय ६ रहेको सहकारी सञ्जाललाई जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिका वडा नं. ६,७,८,९ र १० मा आफ्नो कार्यक्षेत्र रहेको यो संस्थाले २०७६ मंसीर २८ गते आफ्नो ११औँ वार्षिक साधारणसभा सम्पन्न गरी सकेको छ । हाल त्यस संस्थाको सञ्चालक समितिको अध्यक्षमा मीना श्रेष्ठ , उपाध्यक्षमा विमला कार्की , सचिवमा कल्पना गौतम , कोषाध्यक्षमा सीता श्रेष्ठ तथा सदस्यमा सुमित्रा भण्डारी न्यौपाने ,भवलक्ष्मी श्रेष्ठ र शर्मीलादेवी बडाल एवं लेखा सुपरीवेक्षण समिति संयोजकमा सुनिता अधिकारी तथा सदस्यमा शोभा पराजुली र सृजना घले हुनुहुन्छ भने ७ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।

Leave a Reply