शंखधर साकोस ,शंखधर चोकको संस्थागत विकास तालिम सम्पन्न

काठमाडौं, फागुन २७ । भक्तपुरस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लि., शंखधरचोकको संस्थागत विकास तालिम काठमाडौंको शंखरापुरस्थित होटल हेभन हिलमा फागुन २६ गते सम्पन्न भएको छ । चार दिवसीय उक्त तालिमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले एक समारोहकाबीच गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पौड्यालले सांस्कृतिक रुपमा समेत प्रसिद्धि कमाएको भक्तपुरमा रहेको संस्थाले संस्थागतसँगै सदस्यको विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
शंखधर साकोसलाई सदस्यहरुको पहिलो रोजाइको संस्था बनाउन वित्तिय सक्षमता, प्रतिस्पर्धात्मक स्थान, व्यबस्थापकीय कुशलता, कर्मचारी सन्तुष्टी र सदस्य सन्तुष्टी गरी ५ पक्षमा बिशेष ध्यान पुर्याउनुपर्नेमा अध्यक्ष पौड्यालले जोड दिनुभयो । उहाँले संस्थागत सफलताका लागि तालिम, पूँजी, सेवा र स्तरीकरण, एकरुपता जस्ता विषयमा सहयोग गर्न नेफ्स्कून तत्पर रहेको अध्यक्ष पौड्यालले बताउनुभयो । नेपालभित्रका साकोसहरुबीच साझा सञ्जाल (सेयर्ड नेटवर्क) को विषयलाई नेफ्स्कूनले बिशेष जोड दिदै आएको उहाँले उल्लेख गर्नुभयो । साकोस अभियानको जागरण, एकीकरण, विकास र सञ्जालीकरणका लागि आफू अहोरात्र लागि परेको र त्यसको एक हिस्सा शंखधर साकोस भएकोमा अध्यक्ष पौड्यालले आश्वस्त तुल्याउनुभयो । सैद्धान्तिक र नीतिगत श्रेष्ठतामा जोड र ऐन कार्यान्वयनमा दहे खुट्टा टेकेर अघि बढेपनि छुट्टै साकोस ऐनका लागि पहलकद्मी पनि जोडतोडका साथ भइरहेको अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो । यही सञ्चालक समितिको कार्यकालमा शंखधर साकोसले प्रोबेशन ब्राण्ड प्राप्त गर्ने विश्वासका साथ शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले शंखधरका सञ्चालकहरु सबैले कानूनी प्रावधान अनुरुप एउटा मात्रै संस्था रोज्नुपर्ने समय आएको बताउँदै तालिमको पहिलो दिन नै त्यस सम्बन्धी निर्णय गर्नुपर्ने र त्यसको सुरुवात संस्थाको अध्यक्षले गर्नुपर्ने बिशेष आग्रह गर्नुभयो ।
अध्यक्ष पौड्यालले स्तरीकरण र स्थिरिकरणको अवधारणा अन्तर्सम्बन्धित भएकाले दुबैलाई एकसाथ अघि बढाउनुपर्ने र त्यसको सम्पूर्ण दायित्व अभिभावक संस्थाको रुपमा नेफ्स्कूनको रहेको स्पष्ट पार्नुभयो । स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष दुबै संस्थाका लागि सुरक्षा कवच भएको बताउँदै उहाँले यीनले संस्थालाई दुर्घटनाबाट बचाउने दाबी गर्नुभयो । दुबै नबनिकन अभियानले स्वरुप नलिने भन्दै अध्यक्ष पौड्यालले नेफ्स्कूनको स्कुलिङ उत्तम अन्तर्राष्ट्रिय अभ्यासहरुबाट निर्देशित भएको दाबी गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राम सुन्दर श्रेष्ठले नेफ्स्कूनका अध्यक्षले दिएको निर्देशनात्मक सुझावका साथ अघि बढ्ने हो भने संस्था पहिलो रोजाइको साकोस बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्थामा आधारभूत नीतिहरु भएपनि थप आवश्यक नीतिहरु बनाउने चरणमा रहेको जानकारी गराउनुभयो । सिङ्गो भक्तपुरको प्रतिनिधित्व गर्दै शंखधर साकोस अगाडि बढिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले स्तरीकरण कार्यक्रममा समावेश नभई सदस्यको विश्वास जित्न नसक्ने भएकाले लक्षित १८ महिनाभित्रै प्रोबेशन ब्राण्ड प्राप्त गर्ने अठोट व्यक्त गर्नुभयो ।
संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उप समिति, व्यबस्थापन समितिका सदस्यहरु गरी करीब २० जनाको सहभागिता रहेको कार्यक्रममा संस्थाका सचिव लक्ष्मीभक्त श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत रन्जनमणि पौड्यालले गर्नुभएको थियो ।
(नेफ्स्कून खबरबाट )