चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २३औं स्थापना दिवसमा आज गरियो शुभकामना आदान प्रदान

0 Shares

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २३औ स्थापना दिवस आज शुभकामना आदानप्रदान गरी मनाइयो । सो संघका अध्यक्ष हरिश्चन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून)की उपाध्यक्ष शान्ती अधिकारीले त्यस संघको उत्तरोतर प्रगतिको कामना गर्दै नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा सहभागी भई गुणस्तरीय सुशासन अभियानलाई अगाडि बढाउन जोड दिनुभयो ।
सोही अवसरमा नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक नबराज सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को स्थपना हुँदाको क्षण स्मरण गर्नुभएको थियो । सोही कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य बिद्या कोइराला , जिल्ला सहकारी संघ लि.,चितवनका उपाध्यक्ष हरिप्रसाद पौडेल,चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सस्थापक तथा सल्लाहकार सोमराज खनिया, लेखा सुपरीवेक्षण समिति संयोजक चूडामणि पौडेल , सञ्चालक समिति तथा उप-समितिका पदाधिकारी तथा सदस्यहरु एवं कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
२३ वर्ष पहिले जिल्ला सहकारी कार्यालय भरतपुरको प्राङ्गणमा तेजेन्द्रबहादुर खड्का,रामचन्द्र कट्टेल र नबराज सापकोटा बीचको छलफलबाट तत्कालीन अबस्थामा दर्ता रहेका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये ९ वटाको प्रतिनिधित्व गर्दै चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. स्थापना भएको बताइयो। यो अबधिमा त्यस संघले विशेष गरी २०७० देखि नेफ्स्कून मार्फत PROBATION कार्यक्रम नारायणी क्लस्टर सुरुवात गराउन प्रदान गरेको प्रेरणा अहिले गुणस्तरीय सुनिश्चित अभियानमा देशभरी नै लोकप्रिय रहेको देखिएको छ।
यो संघले हाल सदस्य सेवामा उत्कृष्ट कार्यक्रम , जोखिममा आधारित साकोस सुपेरिबेक्षण कार्यक्रम (CURBS) र साकोस जोखिम बिश्लेशण कार्यशाला गोष्ठी ( SARAW) चलाउदै आइर्हेको र साकोसका जोखिम पहिचान गर्दै बित्तीय सेवाको सुरक्षा गर्न सदैब तयार रहेको बताइएको छ ।

Leave a Reply