प्राइम कमर्सियल बैंक लि. र कैलाश विकास बैंक लि.को वीच आजबाट एकीकृत कारोवार शुरु

नेपाल राष्ट्र बैंकबाट क श्रेणीको स्वीकृति प्राप्त प्राइम कमर्सियल बैंक लि.ले नेपाल राष्ट्र बैंकबाट नै ख श्रेणीको स्वीकृती प्राप्त कैलाश विकास बैंक लि.वीच आजबाट एकीकृत कारोवार शुभारम्भ भएको छ । प्राइम कमर्सियल बैंक लि.ले कैलाश विकास बैंक लि.लाई प्र प्राप्ती गरेको बताइएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबाट सो एकीकृत कारोबारको घोषणा गरिएको थियो ।
त्यस अवसरमा सो बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताउदै कैलाश विकास बैंक लि.लाई प्राप्ती गरेपछि बैंकको पोर्टफोलियो रु. १ खर्ब ३० अर्ब नाघेको छ भन्नुभयो ।
कैलाश विकास बैंक लि.लाई प्राइम कमर्सियल बैंक लि.ले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ती गरेको जनाइएको छ ।
यी २ बैंकको एकता पछि बनेको प्राइम कमर्सियल बैंक लि.को चुक्ता पूँजी रु. १४ अर्ब रुपैयाँको हाराहारीमा र पूँजीकोष करिब रु. १९ अर्ब पुगेको छ भने मर्जरपछि बैंकको शाखा संख्या १९९ पुग्नुका साथै निक्षेप रु. १ खर्ब २८ अर्ब र कर्जा लगानी रु. १ खर्ब १५ अर्ब पुगेको छ ।