कोरोना भाइरसका कारण आजबाट केही दिन नेपाल सरकारले ग-यो अत्यावश्यक सेवा बाहेक सबै सरकारी तथा गैर सरकारी कार्यालय बन्द , ताप्लेजुङ्ग जिल्ला प्रशासन कार्यालयले पाथिभराको दर्शन गर्न लगायो रोक

0 Shares


विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(COVID-19) जोखिमबाट सुरक्षित रहन आजबाट केही दिनका लागि नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सरकारी तथा गैर सरकारी कार्यालय बन्द गरेको छ र नागरिकहरुलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन आग्रह गरेको छ । केही दिनका लागि आज रातीबाट अन्तरराष्ट्रिय हवाई उडान बन्द हुदैछन् भने भोलिबाट लामो दुरीका सवारी साधन पनि केही दिनसम्म बन्द गर्ने बताइएको छ । भारत , चीन , भुटान , थाइल्याण्ड र सिंगापुर बाहेकका उडान पनि शुक्रवारबाट रद्ध भएका थिए । रोक लगाउँदा लगाउँदै पनि यी ५ देश बाहेक बाट आएका मानिसहरु सहित ६८ जनालाई हिजो भक्तपुरको खरिपाटी क्वारेनटाइनमा हिजो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लगिएको बताइएको छ । नेपालमा १ जना बाहेक कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभेटिएको र ती १ जना पनि ठिक भइसकेको जनाइएको छ ।
यसैवीच कोरोना भाइरस कै कारण ताप्लेजुङ्ग जिल्ला प्रशासन कार्यालयले पाथिभरा दर्श गर्नन जान केही समयलाई रोक लगाएको छ । नेपाल सरकारले घोषणा गरे अनुरुप २५ जनाभन्दा बढी भेला नहुन पनि उसले ताप्लेजुङ्ग जिल्लाबासीलाई सचेत गराएको छ ।
यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले सरकार सँग सबै नागरिकहरुले सरकारसँग हातेमालो गरेर कोरोना भाइरसको समस्या समाधान गर्न अनुरोध गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भाइरसको समस्या समाधानका लागि सहयोग गर्ने बताएको छ ।
कोरोना भाइरसका कारण कालाबजारी बढिरहेको छ भने नियोजित ढंगबाट समाजमा अफाव फैलाएर आतंकित पार्ने गतिविधि पनि भइरेको छ । यस खाले गतिविधि गर्नेलाई सरकारले पक्राउ गरी कारवाही गरेको पनि छ तर त्यो पर्याप्त हुन सकेको छैन ।
कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहने उद्देश्यले काठमाडौं उपत्यका सहितका शहर बजारबाट नागरिकहरु घर फर्किने क्रम चलिरहेको छ तर यसरी घर फर्किन चाहनेहरुले महंगो भाडा तिर्नु पर्ने लगायतका सास्सी बेहोरिरहेको देखिएको छ ।
अदालतहरु चैत २२ गतेसम्म बन्द भैसकेका छन भने सरकारले भिडभाड नहोस् भनी सबै शिक्षण संस्थाहरु पनि बन्द गरी सकेको छ ।

Leave a Reply