फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण देखिएसँगै सरकारले ग-यो आजबाट एक हप्ताका लागि देशभर लकडाउन

![]()
नेपालमा कोरोना भाइरस (COVID-19) भित्रिएको भन्दै त्यसबाट नागरिकहरुको सुरक्षाको लागि नेपाल सरकारले आजबाट एक हप्ताका लागि देशभर लक डाउन गरेको छ । भारत र चीनसँगका सबै सीमा नाका हिजोबाट बन्द गरिएको छ भने विदेशबाट कसैलाई पनि आउन दिएएको छ । हिजोबाट अन्तर्राष्ट्रिय हवाई उडान र लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो तर केही जहाजहरुलाई भने अन्तर्राष्ट्रिय उडान भर्न दिइएपनि ती जहाजहरु नेपाल फर्किदा भने चालक दलका सदस्यहरुलाई मात्रै लिएर आउन दिने व्यवस्था गरिएको बताइएको छ । नागरिकहरुलाई घरैमा बस्न भनिएको छ र कसैलाई अत्यावश्यक काममा घर बाहिर निस्किनु परेमा मास्क लगाएर सुरक्षित तवरबाट मात्रै निस्कन भनिएको छ । अत्यावश्यक काममा बाहेक सार्वजनिक तथा निजी सवारी साधन चलाउन रोक लगाइएको छ ।
नेपाल सरकारले देशभर लक डाउन गर्नु अघि कैलाली तथा गोरखा जिल्ला प्रशासनले निशेधाज्ञा जारी गरेका थिए ।
हालै फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा हिजो कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि ती युवतीलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गरिदैछ भने तिनका परिवारलाई उपचार गरिएको बताइएको छ । त्यसैगरी उनीसँगै विमानमा आएका यात्रीहरु तथा उनीसँग घुलमिल भएका मानिसहरुलाई खोजी गरिरहेको बताइएको छ । यस अघि चीनबाट नेपाल फर्केका १ जनालाई २०७६ माघ १० गते कोरोना भाइरसको संक्रमण देखिएपनि उपचार पछि यिनी पूर्ण रुपमा ठिक भएको बताइएको छ ।
यता सरकारले अन्तर्राष्ट्रिय उडानबाट आएका व्यक्तिहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राम्रोसँग स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नगरेकोले यस्तो भयाभह अवस्था आएको भन्दै नागरिकहरुले सरकारको आलोचना गरेको पनि सुनिदैछ ।
भारतसँग सीमा जोडिएका नाकाहरु हिजो बन्द गर्दा गर्दै पनि भारतमा रोजगारीका लागि गएका नेपालीहरु हिजो पनि भारतबाट घर फर्किने क्रम चलिरहेको थियो । दिल्लीस्थित नेपाली दुतावासले भारतमा रहेका नेपालीहरु आफू रहेकै ठाउँमा रहन आग्रह गरेपनि सो सूचना आफूहरुले समयमै थाहा नपाएको प्रतिक्रिया भारतबाट घर फर्किरहेका नेपालीहरुले बताइरहेका थिए ।
उता काठमाडौंस्थित भारतीय दुतावासले नेपालमा रहेका भारतीय नागरिकहरुलाई आफू रहेकै स्थानमा रहन आग्रह गरिसकेको छ । नेपालमा रहेका १० हजारभन्दा बढी विदेशी पर्यटकहरु पनि अरु थप केही समयका लागि नेपालमै रहनको लागि आफ्नो भिसा थप्ने प्रक्रियामा रहेको जनाइएको छ ।
उता राष्ट्रिय खेलकुद परिषदले दशरथ रंगशाला लगायतका स्थान कोरोना भाइरसको उपचारका लागि क्वारेन्टाइन बनाउन सरकारलाई उपलव्ध गराउने बताएको छ ।
कोरोना भाइरसको संक्रमणका विरामी भेटिए पनि यसबेला नेपालमा कोही पनि हताहत भएका छैनन् तर पछिल्लो समय इटाली , स्पेन , इरान लगायतका देशहरुका नागरिकहरुको ज्यान गइरहेको छ ।
