शुक्रराज ट्रपिकल , अस्पताल , टेकुमा अर्का १ विरामीमा पनि भेटियो कोरोना संक्रमण , आज पनि देशभर लक डाउन जारी , भारतमा पनि आजबाट ३ सातासम्म गरियो लकडाउन

0 Shares


विश्वका १९१ देशहरुमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(COVID-19)को संक्रमित थप अर्का १ नेपालीमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालै कतारबाट ती विरामी नेपाल फर्किएको बताइएको छ । कोरोना संक्रमित ती विरामीलाई पनि शुक्रराज ट्रपिकल अस्पताल , टेकुमा आइसोलेशनमा राखेर उपचार गरिएको बताइएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ ।
कोरोना भाइरस संक्रमण हुनबाट नागरिकहरुलाई जोगाउन हिजोबाट देशभर नेपाल सरकारले लागू गरेको लकडाउन आज पनि देशका अधिकांश भूभागमा जारी छ । औषधि , स्वास्थ्यकर्मी , फोहोरमैला , दूध , खानेपानी , खाद्यन्न , तरकारी बोकेका गाडी , सुरक्षाकर्मीका गाडी , एम्बुलेन्स , पत्रकार र अत्यावश्यक कामका हिढ्नका लागि अनुमती पाएका व्यक्ति सवार सवारी साधन मात्रै सडकमा चलेका देखिएको छ । लकडाउनलाई थोरै व्यक्तिहरुले बाहेक सबैजसो नागरिकहरुले पालना गरिरहेका छन् । कतिपय स्थानमा केही मानिसहरु सडकमा आएपनि तिनलाई सुरक्षाकर्मीले माइकिङ्ग गरी घरभित्र पठाइरहेको देखिएको छ । लगाउनको समयमा खाद्यन्न , तरकारी लगायतका अत्यावश्यक बस्तुको अभाव हुन नदिन काम गरिरहेको सुरक्षा निकायहरुले बताइरहेका छन् । काठमाडौं उपत्यकाभित्रका केही तरकारी बजारहरु सञ्चालन भइरहेको देखिएको छ ।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि आजबाट ३ सातासम्म भारतमा पनि लकडाउन गरिएको छ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै आजबाट ३ सातासम्म लगाउन गर्ने घोषणा गर्नु भएको थियो ।
नेपालको उत्तरी छिमेकी देश चीनबाट २०१९ डिसेम्बर महिनाबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यतिबेला संसारका १९१ देशमा फैलिएको छ । यसैका कारण इटाली , स्पेन , इरान , फ्रान्स ,संयुक्त राज्य अमेरिका , बेलायत , भारत , बंगलादेश ,पाकिस्तान आदि देशका २० हजारको हाराहारीमा मानिसहरुको ज्यान गइसकेको छ भने यसबाट ७ हजारको हाराहारीमा इटालीका नागरिकहरुको ज्यान गइसकेको छ ।
चीनको वुहानमा कोरोना भाइरस उत्पन्न भई यसको संक्रमणले मानिसहरुको ज्यान गइरहेको बेला कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्नुको सट्टा संयुक्त राज्य अमेरिका , बेलायत लगायतका पश्चिमा सहित देशका सरकारहरु खिसीटिउरी गरिरहेका थिए । त्यही खिसीटिउरीलाई सहयोग गर्दा THE KATHMANDU POST Dailly का प्रधान सम्पादक अखिलेश उपाध्यायले जागीरबाट हात धुनु परेको थियो ।
चीनले आफ्नो देशमा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण भएकोले बुहान शहर आजबाट खुल्ला गर्ने बताएको छ भने ग्रेटवालका केही भागमा सर्वसाधारणलाई आवतजावत गर्न खुल्ला गरी सकेको जनाइएको छ ।
चीनमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमित विरामी फाट्टफुट्ट देखिएपनि चीन सरकारले त्यो संक्रमण आफ्नो देशको नभई बाहिरबाट आएको बताएको छ ।
उता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस तैज गतिमा बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै आएको छ । उसले परीक्षण भइरहेका औषधिहरु कोरोना भाइरस संक्रमणका विरामीको उपचारमा प्रयोग गर्न नहुनेमा जोड दिइरहेको छ ।

Leave a Reply