लकडाउन कै वीच सहास साना किसान कृषि सहकारी संस्था लि., मधुवन, पर्साले खोल्यो तरकारी विक्री केन्द्र

0 Shares

कोरोना भाइरस(COVID-19) को संक्रमण फैलिन नदिन नेपाल सरकारले यही चैत १२ गतेबाट एक हप्ताका लागि देशव्यापी लकडाउन गरेकाले सदस्य कृषकहरुले उत्पादन गरेको तरकारी विक्री गर्न नपाएपछि पर्साको सखुवाप्रसौनी गाउँपालिका-५, मधुवनमा रहेको सहास साना किसान कृषि सहकारी संस्था लि.ले यही चैत्र ११ गतेबाट तरकारी विक्री केन्द्र शुरु गरेको जानकारी प्राप्त भएको छ । स्थानीय महुवन प्रहरी चौकीको समन्वयमा सोही चौकी नजिकै सो ‘बिक्री केन्द्र’ सञ्चालनमा आएपछि स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी राम्रो मूल्य पाएर विक्री भइरहेको छ भने सुलभ मुल्यमा तरकारी किन्न पाउदा उपभोक्ताहरु पनि खुशी देखिएका छन् ।
४१७ जना शेयर सदस्य रहेको सो संस्थाले उक्त तरकारी विक्री केन्द्र सञ्चालनको जिम्मा लेखापाल सन्तोष बर्णवाललाई दिइएको छ । सो केन्द्रमा मधुवन सहित आसपासका क्षेत्रका स्थानीय उपभोक्ताहरुले तरकारी खरिद गरेको बताइएको छ ।
“यस संस्थाका सदस्य कृषकहरुले उत्पादन गरेको तरकारी खेर नजाओस र उपभोक्ताको तरकारीको आवश्यकता पनि पूरा हुन सकोस् भन्ने उद्देश्यले यो बिक्री केन्द्र सञ्चालन शुरु गरेको र सदस्य कृषकहरुले उत्पादन गरेका तरकारी संकलन गरेर ल्याई कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर यो केन्द्रमा भिडभाड नहुने गरी तरकारी विक्री गरिने” सो संस्थाका अध्यक्ष नरेश जयसवालको भनाई छ ।

Leave a Reply