विपत्तीको यस अबस्थामा सहकारी संघ/संस्थाहरुलाई मेरा केही सुझावहरु

0 Shares

-डा.ज्ञानेन्द्रप्रसाद पौडेल , सहकारी विज्ञ

१. सरकारले लकडाउनको घोषणा गरिसकेको अबस्थामा कोरोनाको सम्भावित महामारी समेतलाई मध्यनजर गर्दै वित्तीय, उपभोग्जन्य र औषधि लगायतका अत्यावश्यक बस्तु र सेवाको कारोबार गर्ने सहकारी संस्थाहरु आबश्यकता र औचित्यतताको आधारमा पूरा होशियारी र सतर्कताका साथ आबश्यकता अनुसार सञ्चालन हुने ब्यबस्था मिलाउने र अन्य प्रकृतिका सहकारी संस्थाहरु पूर्ण रुपमा बन्द गरेर कोरोना बिरुद्दको राष्ट्रिय महाअभियानमा सरकारलाई सहकारी अभियानको तर्फबाट सहयोग गर्ने ।

२. सहकारी संघ/संस्थाहरुले आफ्ना सदस्यहरुलाई र आफ्नो वरिपरिको समुदायमा समेत कोरोनाको संक्रमण हुन नदिनका लागि घरमै बस्नका लागि अनुरोध गर्ने, सचेतना अभिवृद्धि गर्ने, मास्क, सेनिटाईजर र अन्य अत्याबाश्यक बस्तुको सहज वितरणमा सहयोग पुर्याउदै सदस्य र समाजप्रतिको आफ्नो भूमिका निर्बाह गर्नुपर्ने ।

३. सदस्यहरु भौतिक रुपमा संस्थामा उपस्थित हुन नसक्ने र संस्था खुला राखी राख्न समेत कठिनाई हुने भएको अबस्थामा प्रविधिमा जोडिएका संस्थाले सदस्यलाई प्रविधिका माध्यमबाट सेवा दिने र प्रबिधि सँग नजोडिएका संस्थाहरुले बैकल्पिक उपाय अबलम्बन गर्दै आगामी दिनमा प्रविधिमा आधारित हुनु पर्ने आबश्यकतालाई बोध गरेर तदानुरुपको योजना र कार्यविधि निर्माणमा लाग्ने र सदस्यलाई डिजिटलाईज्ड सेवा दिनका लागि संस्थालाई तयारी अबस्थामा राख्ने ।

४. हरेक बिपत्ती सँगै अवसर आए जस्तै अहिलेको कोरोना महामारीले पनि सहकारी क्षेत्रलाई डिजिटलाईज्ड हुन प्रेरित गरेको रुपमा लिने र त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारका अतिरिक्त राष्ट्रिय सहकारी बैंक लि., केन्द्रीय सहकारी संघहरु र राष्ट्रिय सहकारी महासंघ लि. समेतको पहलमा “प्रबिधिमैत्री सहकारी र सहकारी मैत्री कानुन” को निर्माणमा पहलकदमी लिने ।
(डा. पौडेल सहकारी सञ्जालका सल्लाहकार हुनुहुन्छ)

Leave a Reply