आज पनि देशभर लकडाउन जारी , आर्थिक विपन्नहरुको जीवन कष्टदायी बन्दै

0 Shares

कोरोना भाइरस(COVID-19) संक्रमण हुनबाट देशबासीलाई जोगाउन देशभर नेपाल सरकारले लागु गरेको लकडाउन आज पनि जारी छ । आज विहानैबाट सुरक्षाकर्मीहरुले नागरिकहरुलाई घरै बस्न आग्रह गरिरहेका छन् । विहान ८ बजेसम्म खाद्यन्न , मासु ,दुग्धजन्य जस्ता पसल खोल्न दिएर उपभोक्ताहरुलाई आवश्यक सामाग्री किन्न सक्ने वातावरण बनाइएको थियो । हिजो साझ पनि पसलहरु खोल्न दिएकाले उपभोक्ताहरु पसलमा गएर अत्यावश्यक सामान खरिद गरिरहेका थिए , जसका कारण मानिसहरुले अलि सहज महसुस गरेको देखिएको थियो । फाट्टफुट्ट मोटरसाइकल पनि आज विहान चलेका देखिन्थे ।
यतिबेला भने औषधि , तरकारी बाहेकका पसलहरु बन्द भएका छन् । अति न्युन संख्याका अत्यावश्यक सवारी साथन बाहेक सवारी साधनहरु चलेका छैनन् भने सडकहरु सुनसान छन् ।
यता लगातारको लकडाउनले दिनभरी काम गरेर साझ विहान हातमुख जोर्नु पर्ने अवस्थाका नागरिकको जीवन भने कष्टदायी बन्दै गएको देखिएको छ । उनीहरुका लागि सरकारले अविलम्व राहत प्रदान गर्नु आवाज जोडतोडका साथ उठिरहेको छ ।

…………………………………
घरैमा बसौं – सुरक्षित रहौं ! कोरोना भाइरस(COVID-19) नियन्त्रण गर्न सरकारलाई सहयोग गरौं !!
– सहकारी सञ्जाल परिवार

Leave a Reply