नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को अपील

0 Shares

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले एक प्रेस विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(COVID-19) को संक्रमणबाट बच्न नेपाल सरकारले जारी गरेका आदेश र निर्देशनहरु पालना गरी सदस्य संघ/संस्था तथा किसानहरुलाई आवश्यक सेवा सुविधा प-याउन अपील गरेको छ । सो विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।
“विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि भित्री सकेको छ । यस महामारीका कारण नेपालको कृषि क्षेत्रमा पनि नकारात्मक प्रभाव परिरहेको छ । यस बारेमा सरकार र मातहको सरकोकारवाला मन्त्रालयहरुले खेलेको भूमिका सकारात्मक रहेको हामीले महशुस गरेका छौं । सरकारको सकारात्मक पहलका बीच पनि अहिले किसानहरुले उत्पादन गरेको दूध, हरियो तरकारी लगाएतका अत्यावश्यक वस्तुहरुको बजारीकरणका लागि केही स्थानमा भएको समस्या प्रति हाम्रो ध्यानाकर्षण भएको छ । सरकारले दूध, हरियो तरकारी लगाएतका खाद्यन्नको ढुवानी र विक्री वितरण निर्वाद गर्न पाउने भनिसकेको बारेमा पनि हामी सबैलाई पुनः एकपटक जानकारी गराउन चाहन्छौं ।
हरेक क्षेत्रमा राज्यको उपस्थिति बढ्दै गएको सन्दर्भमा अहिले बजारमा दूध, हरियो तरकारी र खाद्यन्न नपाईने हो कि भन्ने आशंकालाई मेट्न हाम्रो सञ्जालभित्र रहेका १ हजार ८२ भन्दा बढु संघ /संस्था र लाखौं किसानहरु तयार रहेको विश्वास दिलाउँदै सरकारले यसका लागि उपयुक्त वातावरण निर्माणका गरोस् भन्ने माग गर्न चाहन्छौं । किसानले उत्पादन गरेको दूध सरकारी स्वामित्वमा रहेको डीडीसी मार्फत संकलन तथा वितरण होस् भन्ने अनुरोध गर्दछौं ।
कोरोनाको संक्रमणसंगै विश्व खाद्य संगठनले खाद्यन्नको संकट पर्न सक्नेतर्फ सबैलाई सचेत बनाएको अवस्थामा भोलिका दिनमा निम्तन सक्ने भोकमरी रोक्न नेपालका किसानहरुको भूमिका महत्वपूर्ण हुने छ । यस संकटको घडीमा घरबाट धेरै टाढा जान सक्ने अवस्था नरहेपनि आफ्नो खेतवारी बाँझो नराख्ने, पारिवारीक खेती तथा करेसा वारीको विकास गर्ने, खानखेर र खाने वानीमा परिवर्तन गर्न सके पनि खाद्यन्न सञ्चितीमा ठूलो सहयोग पुग्ने देखिन्छ ।
यसै अवसरमा देशभर रहेका सम्पूर्ण किसान, कृषि सहकारी र साना किसान कृषि सहकारी संस्थाहरुले उत्पादन गरेको दूध, खाद्यन्न र तरकारी लगाएतका कृषि उपजको बजारीकरणमा समस्या रहेको भए सहजिकरण गर्न हामी तयरा रहेको व्यहोरा विनम्र अनुरोध गर्दछौं । साथै कोरोनाको संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउँन सरकारले जारी गरेका विभिन्न आदेश र निर्देशनहरुको पालना गर्न हाम्रा सम्पूर्ण सदस्य संघ /संस्था र सदस्य किसानहरुलाई हार्दिक अपील गर्दै आफ्ना सदस्यहरुलाई आवश्यक सेवा र सहयोग पु-याउन पनि हार्दिक अपिल गर्दछौं । यस्तो जटिल परिस्थितीमा तपाईहरुले पु-याउनु भएको रचनात्मक सहयोगको यस संघलाई जानकारी दिन समेत अनुरोध गर्दछौं ।”

Leave a Reply