लकडाउनले लगानीकर्ता तड्पिरहेको बेला नेपाल राष्ट्र बैंकले जारी ग-यो १९ बुँदे राहत प्याकेज

द्रुत गतिमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण(COVID-19) को संक्रमणबाट आफ्ना नागरिकहरुलाई बचाउने उद्देश्यले नेपाल सरकारले यही चैत्र ११ गतेबाट देशभर लागु गरिरहेको लकडाउनका कारण उद्योग तथा व्यवसायीहरु तड्पिरहेको बेला उनीहरुका लागि १९ बुँदे राहत प्याकेज
जारी गरेको छ । सो प्याकेजले लगानीकर्ताहरु मा राहत पुग्ने बताइएको छ ।
यस अगाडि सो बैंकले सूचना जारी गरी कोरोना संक्रमण नियन्त्रणमा सहयोग पु-याउन
वित्तीय संस्थाहरुलाई आग्रह गरेको थियो ।
यता बैंकर्स एसोसिएसनले लकडाउनको समयमा वित्तीय सेवा प्रदान गर्ने काम गरिरहेका कर्मचारीहरुलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले विशेष सेवा सुविधा प्रदान गर्न माग गरेको जानकारी प्राप्त भएको छ ।