सहकारीको महत्व र यसको उपादेयिता

– सुदर्शन अर्याल ‘सितल’
केही व्यक्तिहरुको समूहद्धारा यसको नियन्त्रण, सञ्चालन र स्वामित्व ग्रहण गर्ने गरी आर्थिक, सामाजिक र सांस्कृतिक उद्देश्य प्राप्तीका लागि स्थापित व्यवसायिक संस्था नै सहकारी हो ।
सहकारीको स्थापना तथा उद्देश्यका बारेमा विभिन्न व्यक्तिहरुका आ–आप्mनै धारणा भएतापनि
वास्तवमा सहकारी भनेको सहकार्यमा आधारित आर्थिक क्रियाकलाप नै हो । सहकारीको इतिहास लामो
भएतापनि विपन्न र साना पूँजी भएका व्यक्तिहरुका लागि आर्थिक उन्नतीको पर्याय बनेर आएको पहिलो सहकारी सन् १४९८ मा स्कटल्याण्डमा स्थापना भएको सहकारी नै हो । अझ बढी व्यवसायिक र आर्थिक सम्बृद्धिको आधारको रुपमा स्थापित भएको सहकारी सन् १८१० मा रवर्ट ओवेनको अथक प्रयास र नेतृत्वमा भएको सहकारी नै हो । यो नै आधुनिक सहकारीको पहिलो जग हो , जुन विभिन्न समयमा परिमार्जित र परिस्कृत हुँदै आजसम्म आइपुगेको छ । यसरी सहकारीले विश्वका विभिन्न राष्ट्रको आर्थिक सम्बृद्धि र कुल ग्राहस्थ्य उत्पादनमा टेवा पु-याउँदै आफ्नो इतिहास
स्थापित गराएको छ ।
नेपालमा आधुनिक सहकारीको विकास वि.सं. २०१३ साल चैत्र २ पछि मात्र भएको हो । त्यसैले चैत्र २० गते सहकारीको राष्ट्रिय पर्व नै हो । यस दिनलाई हामी राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउँदछौं र मनाउँदै आइरहेका पनि छौ ।
सबै सहकारीहरुले कुनै न कुनै रुपमा उत्पादनमा आधारित रहेर आफ्नो वित्तीय कारोवार गर्दै राष्ट्रलाई टेवा पु-याइरहेका छन् । नेपालमा तीस हजार भन्दा बढि संख्यामा रहेका सहकारीहरु हाल ७७ वटै जिल्लामा फैलिएका छन् । जिल्लागत सहकारी, बिषयगत सहकारी, राष्ट्रिय सहकारी बैंक लि. र राष्ट्रिय सहकारी महासंघ लि. मार्फत यसले आफ्नो कारोवारलाई उत्पादनसँग जोड्दै वित्तीय रुपमा चुस्त स्फूर्त पार्दै अघि बडिरहेको छ । सहकारी मार्फत ५० लाख भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रुपमा आर्थिक बृद्धि गरिरहेका छन् । त्यसैगरी सहकारी मार्फत ६५
हजार भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारीको अवसर पाएका छन् ।
सहकारीको जति मात्रामा आर्थिक महत्व रहेको छ , त्यति नै मात्रामा यसको सामाजिक र सांस्कृतिक महत्व
पनि रहेको छ । सहकारीले उत्पादन तथा रोजगारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु-याएको छ । त्यसैले राष्ट्रिय अर्थतन्त्रको तीन खम्बे नीति अन्तर्गत एक मजबुत खम्बाको रुपमा सहकारी रहेको छ । सहकारी मार्फत छरिएर रहेका स–साना पुँजीहरुको संकलन गरेर बृहत आर्थिक लगानी गरी सदस्यहरुलाई आर्थिक सम्पन्नतातर्फ डो-याईउन सहज भइरहेको छ । सदस्यहरुको आर्थिक सम्बृद्धि, समन्वय र सहकार्यका लागि सहकारीले पुलको रुपमा काम गरिरहेको छ । तसर्थ: पनि सहकारीको महत्व र उपादेयिता आज निकै बढ्दै गहिरहेको छ ।
आर्थिक लगानी, उत्पादन तथा वित्तीय कारोवार मात्र सहकारीको मूल मर्म नभई यसको मूल मर्म भनेको सामाजिक र सांस्कृतिक रुपमा आपसी सदभावको विकास गर्नु रहेको छ । सहकारीले ‘म’ बाट ‘हामी’ भन्ने भावनाको विकास गराउँदछ साथै सामाजिक र सांस्कृतिक रुपमा मनाइने चाडवाड र पर्वहरुलाई सशक्तिकरण गरी सदभाव र समन्वयको संस्कृति समेत विकास गरीरहेको छ । यसर्थ: पनि सहकारी सामाजिक सदभाव र ऐक्यवद्धताको प्रतिकका रुपमा स्थापित हुँदै गहिरहेको छ । वास्तवमा सहकारी भनेको आर्थिक गतिविधि मार्फत समाज र समूदायको आर्थिक परिस्कृतिकरण गर्दै व्यक्तिलाई सम्पन्नतातर्फ उन्मुख गराउने संस्था नै हो । आर्थिक पारदर्शिता र वित्तीय
जवाफदेहिता सहकारीको निर्दिष्ट लक्ष्य हो । यति हुँदा हुँदै पनि आर्थिक प्रलोभन र स्वार्थबस
हुने अनियन्त्रित आर्थिक कारोवारका कारण सहकारीले आलोचनाको गम्भीर चोट खेप्न भने बाध्य
हुनु परिरहेको छ ।
व्यक्तिगत लोभ र स्वार्थको जञ्जीरबाट सहकारीलाई मुक्त गराई सामूहिक भावना र चेतनाको अभिबृद्धि गराउन सहकारी दिवसको सान्दर्भिकता बढी ओजिलो छ । सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सम्पन्न तथा व्यवसायिक रुपमा मालिक बनाउने हुँदा यसको प्रभावकारीता आफैमा महत्वपूर्ण छ । सहकारी ऐन, नियम तथा नीतिहरुमा देखिएका कमी
कमजोरीहरु समय सापेक्ष रुपमा सुधार गर्दै लान सके भविष्यमा सहकारीको महत्व र उपादेयिता अझ
बढी हुने नै छ । सहकारीको महत्वप्रति जनचेतनाको अभिबृद्धि गरी संगठित पुँजीको निर्माण गर्ने र सदस्यहरुलाई त्यसको मालिक बनाउने काममा सहकारी तिव्र गतिमा लागिरहेको छ । आवश्यक्ता र
औचित्यका आधारमा समय–समयमा ऐन नियमहरु परिमार्जन गर्दै जाने हो भने भविष्यमा सहकारी
अर्थतन्त्रको चम्किलो तारा बनेर उदाउने छ नै । सहकारीले आफ्नो ६३ औं जन्मदिन
मनाइरहँदा यो जनताको हित र आवश्यक्ताको कडी नै भएको कुरा प्रमाणित गरिसकेको छ ।
सहकारीले स्वालम्बन, उत्तरदायित्व, प्रजातान्त्रिक र समानतामा आधारित न्यायको सिद्धान्तलाई
प्रतिपादन गरेको छ । तसर्थ: पनि सहकारी बैचारिक तथा मनोबैज्ञानिक रुपमा ब्याख्या गरिएका समाजवाद
र साम्यवादको निकटतम पुग्ने माध्यम बनेको निर्विवाद नै छ ।
सहकारीले अंगालेको खुला सदस्यता, आर्थिक सहभागिता, आत्मनिर्भरता, शिक्षा, सहयोग, चासो र
नियन्त्रण नै सम्बृद्धिका आधारहरु हुन । यसलाई अनुशरण गर्दै सहकारी अगाडि बढिरहेको छ ।
सहकारीले यसलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा काखी च्यापेको छ । यस्तै नैतिक मूल्य
र मान्यताबाट अगाडि बढिरहेको कारण सहकारी दिवसको महत्व र यसको उपादयिता आज झन बढ्दै
गहिरहेको छ । अनियन्त्रित रुपमा स्थापित र सञ्चालित सहकारी संस्थाहरुलाई व्यवस्थित र परिमार्जित
गर्दै लान सके भविष्यमा यसको औचित्य र सान्दर्भिकता अझ बढी हुने थियो ।
सहकारी मन्त्रालय तथा राज्यका नियमनकारी निकायहरुले बेला-बेलामा सहकारीहरुको राम्रो सँग अनुगमन र निरीक्षण नगर्नाले जनताको लगानी
असुरक्षति भइरहेको छ । यसले सहकारीको महत्व र आवश्यक्तालाई क्षती पु-याइरहेको छ । राज्यका
सम्बधित निकायबाट तदारुकताका साथ अनुगमन र निरीक्षण गर्नु पर्ने आवश्यक्ता रहेको छ । यसो
गर्नसके हुनसक्ने क्षती र दुर्घटना पक्कै पनि रोकिने छ । सम्बन्धीत निकायका पदाधिकारीहरु तलब, भत्ता र सुविधा मात्र भोग गरिरहेका छन् । कर्तव्य र जिम्मेवारीपूर्वक काम गरिरहेका छैनन् । यसरी सम्बन्धीत निकायबाट सहकारीका गतिविधिलाई हल्का रुपमा लिँदा यस्तो अवस्था सिर्जना भएको हो । समयमा साधारण सभा नगर्ने, बोनस वितरण नगर्ने र अडिट नगर्ने सहकारीहरुलाई तुरुन्त कारवाहीको दायरामा ले-याउन सके यस्तो अवस्था सिर्जना हुने थिएन ।
व्यवस्थित र पारदर्शी रुपमा सहकारी सञ्चालनका लागि सम्पूर्ण सदस्यहरुमा ज्ञान तथा क्षमताको
अभिबृद्धि पहिलो आवश्यकता हो । जब सहकारी सदस्यहरुमा आर्थिक पारदर्शिताका बिषयमा बुझ्ने
क्षमता र ज्ञान हुन्छ , तब सहकारी सञ्चालकले आर्थिक अनियमितता गर्न सक्दैन । सहकारी सञ्चालकबाट जानेर वा नजानी भएका गल्ती कमजोरीहरुलाई सहकारी सदस्यहरुको निर्देशन र निरीक्षणले सुध्रिने मौका प्राप्त हुन्छ । सञ्चालकले पनि बेला-बेलामा अभिमुखीकरण तालिम लिने, सहकारीको
आर्थिक गतिविधि र अवस्थाका बारेमा आफ्ना शेयर सदस्यहरुलाई सुसुचित गराउन सकेमा सहकारी
व्यवस्थित र पारदर्शी रुपमा अगाडि बढ्न सक्दछ ।
अतः सहकारी दिवसले सम्पूर्ण सहकारीहरुलाई जिम्मेवार र जवाफदेही हुँदै आर्थिक, सामाजिक र सांस्कृतिक सम्बृद्धि तर्फ अगाडि बढ्न तथा राष्ट्रको दर्विलो आर्थिक खम्बा बन्न प्रेरित
गरोस् भनि शुभकामना समेत दिन चाहान्छु ।
(अर्याल लेखक तथा सहकारीकर्मी हुनुहुन्छ ।)