सहकाली साकोस , काँडाघारीले ग-यो पत्रकार , सुरक्षाकर्मी र कागेश्वरी मनोहरा नगरपालिकालाई कोरोना भाइरसको संक्रमणबाट बच्न सहयोग पुग्ने सामाग्री
महामारीको रुपमा द्रुत गतिमा विश्वका २०२ वटा देशमा कोरोना भाइरस(COVID-19) फैलिरहेको तथा नेपाल कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर यही चैत्र ११ गतेबाट लक डाउन गरिरहेको बेला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारीमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहकाली बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन सहयोग पुगोस् भन्ने हेतुले नेपाल पत्रकार महासंघ , कागेश्वरी मनोहरा नगरपालिका , सो क्षेत्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु लगायतलाई विभिन्न सामाग्री वितरण गरेको जनाएकोछ छ । सो संस्थाका अध्यक्ष तथा स्थानीय समाजसेवी राधेश्याम खड्काले पत्रकार महासंघलाई ३ सय थान स्यानिटाइजर, एक हजार थान पञ्जा, प्रेस ज्याकेट र ५ सय थान माक्स तथा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस क्षेत्रको सुरक्षामा खटिने सुरक्षाकर्मी लगायतलाई २ हजार थान माक्स वितरण गरेको सो संस्थाले बताएको छ। कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन उनीहरुलाई ती सामाग्री उपलब्ध गराइएको सोही संस्थाका प्रवन्धक लालकुमार बास्तोलाको भनाई छ ।
सो संस्थाले बचत र ऋण कारोवार सँगै आफ्नो कार्यालय अगाडिको सडक छेऊमा बृक्षारोपण गर्ने लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

