झापा जिल्लाको सहकारी अभियानको संयोजनमा दमकको बेलडाँगीका भुटानी शरणार्थीहरुलाई गरियो खाद्य सामाग्री हस्तान्तरण

0 Shares

कोरोना भाइरस(COVID-19) को संक्रमणबाट बच्न देशभर नेपाल सरकारले गरेको लक गाउनका कारण उत्पन्न खाद्यन्न सामाग्री अभाव जस्ता समस्या समाधानमा सहकारी अभियानले सहयोग  गरिरहेको छ । यसैक्रममा झापा जिल्लाको सहकारी अभियानको संयोजनमा हिजो दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा १९,००० के.जी. चामल ,२,००० के.जी. दाल ,१,००० के.जी. नुन ,साबुन लगायतका करीव रु. ९ लाख भन्दा  बढीका सामाग्रीहरु झापाका प्रमुख जिल्ला अधिकारी , सो जिल्लाका नेपाल प्रहरीका झापा जिल्ला प्रमुख , सशस्त्र प्रहरी उपरीक्षक तथा झापा जिल्लाको सहकारी अभियानका नेताहरुको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ । त्यस कार्यका लागि रासाहा बचत तथा ऋण सहकारी संस्था लि.,  बिर्तामोड,सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., दमक लगायतको विशेष सहयोग रहेको बताइएको छ ।

…………………………………………………………….

Leave a Reply