जिल्ला सहकारी संघ लि., स्याङ्जाले वालिङ नगरपालिका भित्रका ९२ वटा सहकारी संस्थाहरुबाट संकलित रु.३,४९,९११ कोभिड-१९ राहत कोषमा ग-यो जम्मा

0 Shares

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(COVID-19) को संक्रमणबाट बचाउने उद्देश्यले नेपाल सरकारले देशभर लकडाउन गरिरहेको विपदको  बेलामा जिल्ला सहकारी संघ लिमिटेड, स्याङ्जाले वालिङ नगरपालिकामा सञ्चालन भइरहेका ९२ वटा सहकारी संस्थाहरुबाट संकलित रु. ३,४९,९१९।– रकम वालिङ नगरपालिकाले सञ्चालन गरेको कोभिड १९ राहत कोषमा  जम्मा गरेको जानकारी प्राप्त भएको छ । सो संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सो रकम उक्त कोषमा जम्मा गर्नु भएको थियो । सोही अवशरमा उक्त संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको बताइएको छ ।

…………………………………………………………………

 

 

Leave a Reply