दुवागढी साना किसान कृषि सहकारी सस्था लि. ,मेचीनगर,- १४ ले ग-यो विपन्न परिवारका लागि सहयोग
झापाको मेचीनगर नगरपालिका,-१४ मा रहेको दुवागढी साना किसान कृषि सहकारी सस्था लिमिटेडले आज आफ्नो कार्यक्षेत्र भित्रका लकडाउनले समस्यामा परेका अति बिपन्न परिवारलाई राहत सामग्री वितरण गर्न मेचीनगर नगरपालिका वडा नं. १४ लाई रु. १२,२००।- र वडा नं. १३ लाई ६,१००।- प्रदान गरेको जनाएको छ । उक्त रकमबाट १५ परिवारले रू. १,२२०।- दरले राहत सामाग्री प्राप्त गर्ने बताउदै सो संस्थाले सबै नागरिकहरुलाई कोरोना भाइरस(COVID-19) को संक्रमणबाट जोगिन घरैमा बस्न आग्रह गरेको छ ।

