माता नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लि., बुढानिलकण्ठ-१२ ले बुढानिलकण्ठ नगरपालिका प्रकोप कोषमा प्रदान ग-यो रु.५५,५५५/५५

0 Shares

द्रुत गतिमा माहामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस(COVID-19) को संक्रमणबाट जोगिने उद्देशयले विगत १३ दिनदेखि नेपाल सरकारले देशभर गरिरहेको लकडाउनका कारण उत्पन्न समस्या निवारणका लागि सहकारी अभियानले सकेको मद्दत गरिरहेको छ । यसैक्रममा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२, मा रहेको माता नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लि. ले हिजो बुढानिलकण्ठ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु.५५,५५५/५५ जम्मा गरेको जनाइएको छ । उक्त संस्थाका अध्यक्ष पुष्कर चालिसेले बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाई सो सहयोग रकम त्यस कोषमा जम्मा हुने गरी प्रदान गर्नु भएको थियो । त्यस अवसरमा त्यसै संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply