मुक्तिनाथ विकास बैंक लि. ले ग-यो जनकपुरधाममा आर्थिक बिपन्न १५० जनतालाई दैनिक उपभोग्य सामाग्री वितरण

0 Shares

कोरोना भाइरस(COVID-19) को संक्रमण फैलिन नदिन नेपाल सरकारले देशभर यही चैत्र ११ गतेदेखि गरिरहेको लकडाउनका कारण समस्यामा परेका धनुषाको जनकपुरधामका आर्थिक रुपमा विपन्न परिवारका १५० जनालाई यही चैत्र २३गते  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त मुक्तिनाथ विकास बैंक लि.ले दैनिक उपभोग्य सामाग्री वितरण गरेको जानकारी प्राप्त भएको छ । जनकपुर उद्योग वाणिज्य संघका बर्तमान  अध्यक्ष ललित शाह , भूतपूर्व अध्यक्ष शिवशंकर साह ,वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद  शाह र उपाध्यक्ष सुरेन्द्रकुमार भण्डारीको रोहबरमा  उनीहरुलााई चामल , दाल ,प्याज , आलु ,सोयाबडी , तेल , सावुन लगायतका सामाग्री वितरण गरेको उक्त बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाकोभ भनाईछ।

सो बैंकले  १३४ वटा शाखाहरु मार्फत सेवाग्राहीहरुलाई बचत निक्षेप तथा कर्जाका साथै प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम(ATM) , अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु प्रदान गर्दै आएको बताइएको छ ।

Leave a Reply