आजबाट वि.सं.२०७७ आरम्भ
आजबाट वि.सं.२०७६ बिदा भएर वि.सं.२०७७ शुभारम्भ भएको छ । कोरोना भाइरस(COVID-19)को माहामारीका कारण नेपाल सरकारले देशभर लकडाउन गरिरहेकोले नेपालीहरुले घरैमा बसेर आज नयाँ वर्ष २०७७ को स्वागत गरे । अधिकांश नेपालीहरुले घरैमा आफन्तहरु तथा साथीसङ्गी तथा इष्टमित्रहरु वीच मोवाइल/टेलिफोन तथा सामाजिक सञ्जाल मार्फत शुभकामना आदान प्रदान गरिरहेका छन् । नयाँ वर्षको अवसरमा कतिपय मानिसहरु लकडाउनका वीच पनि विहानै आफूलाई पायक पर्ने मठ मन्दिरमा गएको पनि देखिएको थियो । लकडाउनको वास्ता नगरी काठमाडौं उपत्यका सहितका विभिन्न स्थानहरुमा मानिसहरुले सांस्कृतिक कार्यक्रम गरी रमाइलो गरी एकापसमा शुभकामना आदान प्रदान गरिरहेको जानकारी पनि प्राप्त भएको छ ।
वि.सं.२०७७ शुभारम्भ भएको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली , सभामुख अग्निप्रसाद सापकोटा , राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , नेपाली काँग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ,भूतपूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल , झलनाथ खनाल , माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई , समाजवादी पार्टी , नेपालका अध्यक्ष उपेन्द्र यादव , नेकपा (माले) का महासचिव सी.पी. मैनाली , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका विभिन्न राजनीतिक दलहरुका नेताहरु एवं पूर्व राजा ज्ञानेन्द्र शाहले देशबासीलाई शुभकामना दिनु भएको थियो । यसैगरी ७ वटै प्रदेशका प्रमुख , मुख्यमन्त्री , प्रदेश सभाका सभामुख तथा स्थानीय तहहरुका जनप्रतिनिधिहरु आदिले पनि नयाँ वर्ष २०७७ शुभारम्भ भएको उपलक्ष्यमा देशबासीलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
यस्तैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्ना सदस्यहरु , ग्राहक तथा देशबासीहरुलाई शुभकामना प्रदान गरिरहेका छन् । यही क्रममा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल , राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष मिनराज कँडेल , राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेती , नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल , नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारी , नेपाल कृषि केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष खेमबहादुर पाठक , नेपाल माहुरी केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष अर्जुन पोखरेल , बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे तथा उपाध्यक्ष जगतलाई महर्जन , गण्डकी प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामबहादुर जी.सी., जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ , जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलाल तथा उपाध्यक्ष रामशरण बस्नेत , जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्का , कास्कूनका अध्यक्ष दीपक पनेरु,ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाई ,भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजु , बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जन , बहुउद्देश्यीय सहकारी संघ लि., काठमाडौंका अध्यक्ष मनोज थापा लगायत देशभरका विभिन्न सहकारी संघ/संस्थाहरुका अध्यक्षहरुले आफ्ना शेयर सदस्य, कर्मचारी तथा देशबासीहरुमा शुभकामना व्यक्त गरिरहनु भएको छ ।
नयाँ वर्ष २०७७ को पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरु ,सहकारी संघ/ संस्थाहरु तथा बैंक र बित्तीय संस्थाहरु एवंम उद्योग तथा वाणिज्य क्षेत्र सँग सम्बद्ध सम्पूर्ण संघ/संस्थाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
– सहकारी सञ्जाल परिवार
…………………………………

