0 Shares

–  सीता निरौला

 

 

 

के भयो त छानो हाम्रो

नभएर एकैसाथ

राखेकै छौँ मनभरि

छताछुल्ल समभाव

 

‘म’ भन्दा त के मज्जा र

‘हामी’ बनी जीवन जिऊँ

तल्लो घर ढल्न लागे

माथ्लो घरले टेको दिऊँ

 

ओडेका छौँ एउटै आकाश

टेक्ने एउटै धरा

एकअर्काको मनखतमा

भन्छौँ कठैबरा

 

पुर्दैनौँ है आँगन हामी

विश्राम  दिने सिकुवा खनी

तागत त हाम्रो पेवा

लगाउछौँ बुद्धि पनि

 

भोको कोही बस्ने छैनौँ

धुवाउछौँ आफ्नो धुरी

हामी अति परिश्रमी

मानो रोपे फल्छ मुरी

 

मनोबल उच्च राखी

बाँच्ने हाम्रो साझा रहर

सन्तान हौँ वीरका हामी

झेल्न सक्छौँ  ‘कोरोना’ कहर

 

 

 

 

 

 

 

 

 

1 thought on “आँट

Leave a Reply to manish bhattarai Cancel reply