उठौँ

-अर्जुन कार्की
उठौँ किसान हो , उठौँ मजदुर हो ।
मजदुर किसान मिलेर अघि बढ्ने हो ।। समनता र न्याय निम्ति सँगै लढ्ने हो ।।।
दिन रात श्रम गर्ने मजदुर र किसान ।
अभाव अनि दु:ख- पीरमा बिताउछन् जीवन ।।
श्रमिकको हकका कुरा मात्रै धेरै भए ।
उत्पीडित निम्सरालाई खोई यहाँ न्याय ?
उठौँ किसान.हो , उठौँ मजदुर हो ।
मजदुर किसान मिलेर अघि बढ्ने हो ।। समानता र न्याय निम्ति सँगै लढ्ने हो ।।।
हिउदको खडेरीमा रुख बाँचे झैँ ।
बस्नु हुन्न अब हामी अन्यायलाई सही ।।
मजदुर र किसानको एकताले मात्रै ।
हटी छाढ्छ बेथीतिको जालो पनि जत्रै ।।
उठौँ किसान हो , उठौँ मजदुर हो । मजदुर किसान मिलेर अघि बढ्ने हो ।। समानता र न्याय निम्ति सँगै लढ्ने हो ।।।
(२०७६ माघ ५ गते लेखिएको गीत)