त्रिवेणी साकोस , सन्धिखर्कले सन्धिखर्क नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम ,नियन्त्रण, उपचार तथा राहत कोषमा ग-यो रु.२१,००० सहयोग

कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिन नदिन यही चैत्र ११ गतेदेखि नेपाल सरकारले देशभर लकडाउन गरिरहेको बेला उत्पन्न हुने सक्ने विपद व्यवस्थापन गर्ने उद्देश्यले तीनै तहका सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा उपचार कोषमा सहकारी अभियानले सहयोग गर्ने क्रम जारी रहेको खबर प्राप्त भइरहेको छ । यसैक्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण नियन्त्रण , रोकथाम , उपचार तथा राहत कोषमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ मा रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज रु.२१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको सोही संस्थाका अध्यक्ष उत्तममणि मिश्रको भनाई छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम राष्ट्रिय वाणिज्य बैंक लि.मा रहेको सन्धिखर्क नगरपालिकाको बिपद् व्यवस्थापन कोषको खाता नं. ३०५०३०५०४९४०६ मा जम्मा गरिएको त्यसै संस्थाका कार्यालय व्यवस्थापक तुल्सीराम खनालले बताउनुभयो । सो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको छ ।
उता सन्धिखर्क नगरपालिकाले आफूले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यबाद ज्ञापन गरेको जानकारी प्राप्त भएको छ ।

