शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि., न्युरोडले आफ्नो १०औँ स्थापना दिवस यस बर्ष फरक ढंगले मनायो
काठमाडौंको न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि. आजबाट १०औँ बर्षमा प्रवेश गरेको छ । आफ्नो १०औँ स्थापना दिवसको अवसरमा सो संस्थाले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने घोषणा गरेको त्यसै संस्थाका अध्यक्ष निरहरि प्रसाद उपाध्यायले बताउनुभयो ।
द्रु
तिव्र गतिमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिन नदिन यही चैत्र ११ गतेदेखि नेपाल सरकारले देशभर गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने लगायतका आर्थिक विपन्न वर्गलाई राहत पुगोस् भन्ने हेतुले त्यस कोषमा उक्त रकम सहयोग गर्ने घोषणा गरिएको उक्त संस्थाका सचिव नरेन्द्र विष्टले भन्नुभयो । ।
‘हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्य र कर्मचारीहरुलाई लकडाउनको पूर्ण रुपमा पालना गरी सुरक्षित रहन आग्रह गर्दै आफ्ना शेयर सदस्यहरुलाई यस विपदको अवस्थामा खाद्यान्न सहितका दैनिक उपभोग्य सामाग्री खरिद तथा स्वास्थ्य उपचार लगायतका लागि अतिआवश्यक पर्ने सीमित रकम झिक्न मुख्य कार्यालय सहित सबै सदस्य सेवाकेन्द्रहरुमा तोकिएका सम्पर्क व्यक्ति सँग सम्पर्क गर्न सकिने छ’ सोही संस्थाका सञ्चालक एवं सूचना अधिकारी अर्जुन विश्वकर्माको कथन छ ।
यही चैत्र २६ गते वुधबारबाट बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म संस्थाको कार्यालय खोली आफ्ना शेयर सदस्यहरुलाई आंशिक रुपमा भएपनि सेवा दिने उक्त संस्थाका प्रमुख कार्यकारी निर्देशक मधुकर वाग्लेको भनाई छ ।

