अलपत्र परेका नागरिकलाई व्यवस्थापन गर्न सरकारलाई नेपाली काँग्रेस र नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको माग

0 Shares

लकडाउनको समय थपिदै गए सँगै खान र बस्नको समस्या भएपछि हिडेरै भएपनि घर पुग्ने उद्देश्यले काठमाडौं तथा शहर छाडी घर हिडेका सयौँ नागरिकहरु बाटोमा सास्ती भोगिरहेको देखियो ।
खान र बस्न समस्या भएपछि काठमाडौं उपत्यका तथा शहरबाट घर हिडेका नागरिकहरु बाटोमा अलपत्र परेको भन्दै नेपाली काँग्रेसले अलपत्र नागरिकहरुलाई खान , बस्न र घरसम्म पुग्ने व्यवस्था गर्न माग गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण कारद्वारा जारी विज्ञप्तिमा सो माग गरिएको छ ।
यसैगरी नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले सामाजिक सञ्जाल पेज मार्फत् सरकारलाई बाटोमा अलपत्र परेका नागरिकलाई खान, बस्न र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन माग गर्नुभएको छ ।
‘लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा पर्छन् । त्यसैले उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भएदेखिनै महासंघले पटक पटक ध्यानाकर्षण गराउदै आएको थियौ तर सरकार भने यो कार्यमा पनि चुकेको छ , जसका कारण मजदुरहरुलाइ खान, बस्न समस्या भई केही हिडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन् भने केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । त्यसैले यी सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरि पनि नेपाल सरकार सँग महासंघ जोड्दार माग गर्दछ ।
महासंघले कोरोना भाइरसको महामारीसँग सिंगो विश्व संघर्ष गरिरहेका बेला सरकार भने आफ्ना नेता कार्यकर्ता पोस्ने काममा व्यस्त भएको आरोप समेत लगाएको छ ।
‘माहामारी संकटको यो समयमा परीक्षणको दायरालाई तीब्र गतिमा अगाडि बढाउनु पर्ने बेला सरकार भने आफना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा कार्यक्रता नियुक्त गर्दै रमाइरहेको छ । यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउदछौँ । कोरोना स्वास्थ सेवा बहुपक्षीय आयोग गठन गरेर कोरोना निवारणका लागि लाग्न अनुरोध गरिएको छ ।
महासंघले कोरोना परीक्षणको दायरा अझै बढाउन पनि सरकारसँग माग गरेको छ । विषम परिस्थितिमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षाका साम्रागी बिना पनि अग्रपङक्तिमा रही काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियान्ता , आपूर्तिकर्ता, एमबुलेन्स चालक तथा फोहोर संकलकहरुको महासंघ प्रशंसा गर्दछ ।
यस महासंघका केन्द्रीय समिति , विषयगत ७ समिति , प्रदेश समिति , जिल्ला प्रजातान्त्रिक समाजहरु , आबद्ध विभिन्न समिति एवं समाजहरुमा सम्लग्न सबै सामाजिक अभियान्ता साथीहरुले देशैभरी पु-याउनु भएको सामाजिक योगदानको लागि यस महासंघ केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद दिईन्छ ।
उता सरकारले भने नागरिकहरुलाई ‘जो जहाँ हुनुहुन्छ – त्यही रहन रहनुहोस् , सरकारले आवश्यक व्यवस्था गर्छ’ भनिरहेको छ तर सर्वोच्च अदालतले हिजो सरकारका नाममा अन्तरिम आदेश जारी घर हिडेका नागरिकहरुलाई खानेकुराको उचित व्यवस्थापन गरी उनीहरुलाई गन्तव्य स्थलसम्म पु-याउनु भनेको छ ।
नेपालमा हिजोसम्म कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना भाइरस पुष्टि भएकपछि कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको बताइएको छ । तीमध्ये २ जना पूर्ण रुपमा ठिक भएको र बाग्लुङकी कोरोना भाइरस संक्रमित ६५ वर्षीय महिलामा पनि पछिल्लो पटक कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ ।
………………………………

Leave a Reply