स्वदेश फर्किन चाहने मजदुरी गर्न भारत गएका नेपालीहरुको अपमान र उपेक्षा नगर्न नेपाल कम्युनिष्ट पार्टीको आग्रह

0 Shares

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्वदेश फर्किन चाहने भारतमा मजदुरी गर्न गएका नेपालीहरुलाई उपेक्षा र अपमान नगर्न नेपाल सरकारलाई आग्रह गरेको छ ‌। सो पार्टीका सह-संयोजक लोकनारायण सुवेदीले यही चैत्र २५ गते जारी गरिएको
बर्तमान गम्भीर स्थितिमा नेपाल कम्युनिष्ट पार्टीको बक्तब्यमा निम्न विषय उल्लेख छ ।
देशमा बिश्वब्यापी महामारी कोरोना भाइरस फैलिने र बढ्ने सम्भावना अझ बढ्दै गएको देखिएकोले ततकाल निम्म कदम चाल्न नेपाल कम्युनिष्ट पार्टी नेपाल सरकार सँग जोडदार माग गर्दछ १. सर्बप्रथम, बाह्य आबागमनबाट नेपालमा कोरोना संक्रमण फैलिने र बढ्ने गम्भीर स्थिति देखिएकोले यसलाई रोक्न र बाहिरबाट आएका सबै मानिसहरुलाई चिन्हित गर्न, जाँच गर्न र आवश्यक परीक्षण तथा उपचार गर्न सम्पूर्ण शक्तिकासाथ ध्यान केन्दित गर्न जोडदार माग गर्दछ । २.भारतमा मजदुरी गर्न गएका र नेपाल फर्किन बाध्य भएका सबै नेपाली श्रमजीबीहरुलाई अपमान र उपेक्षा नगर्न, नेपालमा सम्मानपूर्बक र सुरक्षित आउन दिन र उनीहरुको स्वास्थ्यमा बिशेष ध्यान दिएर करेण्टाइनमा राख्ने उचित प्रबन्ध गर्न तथा स्वास्थ्य परीक्षण गर्न पनि नेपाल कम्युनिष्ट पार्टी यतिबेला जोडदार गर्दछ । ३.कोरोना भाइरस बिरुद्ध अग्र मोर्चामा रहेर काम गर्नु पर्ने सम्पूर्ण कार्यरत बरिष्ठ तथा कनिष्ठ चिकित्साकर्मीहरु, सुरक्षाकर्मीहरु र अन्य सहयोगी कर्मचारीहरुका लागि आबश्यक सबै सुरक्षा कीट उपलब्ध गराइ उनीहरुलाई कोरानाबिरुद्ध उच्च मनोबलकासाथ लड्न सक्ने बातावरण बनाउन पनि नेपाल कम्युनिष्ट पार्टी पुनः बिशेष जोड दिन्छ र निजी अस्पतालहरुलाई यो महामारीका बेला सरकारले लिएर कोरोना र कोराना इतरका बिमारी समेतको उपचारमा सुचारुरुपले लगाउन समेत पार्टी जोडदार माग गर्दछ । ४. लकडाउनका कारण अप्ठ्यारोमा परेका न्यून आय भएका बिपन्न समूहका बहुसंख्यक जनता र खाशगरी दैनिक श्रम गरी खानुपर्ने श्रमजीबी जनता र तिनको परिबार अत्यन्तै नाजुक अबस्थामा परेकोले उनीहरुका लागि कम्तिमा लकडाउन अबधिभरका लागि बिशेष राहत प्याकेज घोषणा गरी निष्पक्ष र पारदर्शी किसिमले प्रदान गर्न पार्टी जोडदार माग गर्दछ । ५.भयंकर ठूलो महामारीबाट राष्ट्र र जनता पीडित भएको बेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा जुन भ्रष्टाचारको कुरा प्रकाशमा आएको छ त्यो अत्यन्तै अमानबीय, निन्दनीय छ र पार्टी त्यस्तो कृयाकलाप भएको हो भने त्यस बिरुद्ध ततकाल कडा कारबाहीको जोडदार माग गर्दछ। ६. देशमा असमान्य परिस्थिति सिर्जना भएको बेला भ्रष्टाचार, कृत्रिम अभाव, मूल्य बृद्धि, कालोबजारी गर्ने जो कसैका बिरुद्ध तत्काल कडा कारबाही गर्न र जनतालाई दैनिक उपभोगका अत्याबश्यक नभइ नहुने खाद्यान्न लगायतका सामाग्री सुनिश्चित किसिमले उपलब्ध गराउने प्रभाबकारी बताबरण बनाउन पनि नेकपा पुनः जोडदार माग गर्दछ । ७. लक डाउन गर्नु पर्ने स्थितिका कारण किसानहरुको बालीनाली र कृषि ब्यवसाय ठप्प हुँदा उनीहरुको बालीनाली, दूध, कुखुरा ब्यवसाय पूरै बिग्रने स्थिति सिर्जना भएकोले यसलाई ध्यान दिएर सरकारले बालीनाली, दूध, कुखुरा, अण्डा, एबं तरकारी सरकारले लिएर उपभोक्तालाई दिने आपतकालीन ब्यवस्थापन गर्न पनि पार्टी बिशेष जोड दिन्छ । ८. यो डरलाग्दो महामारीका बेला सांसद बिकास कोषको रकमलाई कोरोना भाइरस नियन्त्रण तथा ब्यबस्थापन कोषमा रकमान्तर गरेर जनहितमा प्रष्ट र पारदर्शी किसिमले लगाइयोस् । ९.यी सबै कामको अनुगमन गर्न र खाशगरी कोरोना नियन्त्रणलाई सफल बनाउने कार्यको अनुगमन गर्न बिषय बिशेषज्ञरु रहेको उच्च स्तरीय टोली गठन गरी आबश्यक अनुगमन गर्ने प्रभाबकारी वातावरण बनाइयोस् ।

Leave a Reply