आफ्नो १९ औँ स्थापना दिवसकोअवसरमा चन्द्रागिरि साकोस , थानकोटले ग-यो रक्तदान कार्यक्रम तथा नयाँ सेवा थप

0 Shares

काठमाडौंको थानकोट महादेवस्थानमा आफ्नै भवनबाट मुख्य कार्यलय सञ्चालन गरिरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रमको ग-यो । कोरोना भाइरस(COVID-19) को विश्वव्यापी महामारीका बीच अस्पतालहरुमा रगतको अभाव भईरहेको बेला ब्लोड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा आफ्नो १९औँ स्थापना दिवसको अवसर पारी उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो संस्थाको भनाई छ । आज विहान १० बजेदेखि १ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा ६३ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

यसै गरी उक्त संस्थाले १९ औं स्थापना दिवसकै अवसर पारी आजबाट आफ्ना शेयर सदस्यहरुलाई थप सेवाको रुपमा उक्त संस्थामा खाता भएका सदस्यहरुले आफ्नो खाताबाट कुनै पनि बैंकमा रहेको आफ्नो खातामा घरमै बसी बसी रकम ट्रान्स्फर गर्न सकिने सुविधा र लोड टु वालेटमा प्रभु पे र खल्तीमा समेत रकम लोड गर्न सकिने सुविधा थप गरेको छ ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था वि.स. २०५८ साल बैशाख ६ गते सिमित व्यक्ति र सिमित रकम संकलन गरी स्थापना गरिएको सहकारी संस्था हो । नमुना सहकारी संस्थाको पहिचान बनाएको उक्त संस्थामा हाल ११ हजार ७ सय ७१ जना शेयर सदस्य र कुल सम्पत्ति रु.२ अर्ब रहेको त्यस संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुलाई बचत र ऋण सेवा बाहेक सामाजिक सुरक्षाका विभिन्न सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । यसै वर्ष घातक रोगहरुमा रु.५ लाख सम्मको खर्च उपलब्ध गराउने, सबैको रु. १ लाख रुपैयाँको दुर्घटना वीमा गर्ने सुविधा थप गरिएको थियो । लकडाउको अवधिमा समेत संस्थाले हरेक दिन २ घण्टा कार्यालय खोली आफ्ना सदस्यहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउँदै आईरहेको छ भने एम्बुलेन्स तथा शववाहन सेवा २४ सै घण्टा सञ्चालन गरिरहेको छ । काभिड १९ तथा लकडाउनको कारणले प्रभावित भएका सदस्यहरुलाई राहत दिनको लागि रु. १५ हजार सम्म निर्व्याजी सापटी, रु २५ हजार सम्म अस्पतालको विल भुक्तानी र ५ देखि १५ प्रतिशत सम्म ऋणको ब्याजमा छुटको कार्यक्रम लागु गरेको छ । त्यसैगरी संस्थाले राष्ट्रिय आविश्कार केन्द्र तथा सरकारले स्थापना गरेको कोषमा समेत सहयोग गर्ने निर्णय गरी रकम हस्तान्तरण गर्ने कार्य सुरुवात समेत गरिसकेको छ ।

Leave a Reply