शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल , टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनको आग्रह
काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ । आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उहाँले आफू कार्यरत रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट आजै पत्र प्राप्त भएको र पत्रमा यस अस्पतालमा गरिरहेको नियमित काममा बिधा नपर्ने गरी कोभिड-१९ मा मन्त्रालयले सञ्चालन गरिरहेको अभियानमा सहयोग पु-याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने व्यहोरा भएकोले सोही बमोजिम आफूलर मन्त्रालयका अधिकारी सँग सम्पर्क गरिरहेको उल्लेख गर्नु भएको छ । यसलाई आफूले सामान्य प्रक्रियाको रुपमा लिई नियमित काम गरिरहेको भन्दै यसलाई मा. मन्त्री र मन्त्रालय सँग जोडी अनर्गल प्रचार नगरि दिन र कोभिड-१९ को माहामारीबाट मुलुकलाई बचाउन एकताबद्ध हुन सबैमा आग्रह गर्नु भएको छ ।
नेपाल सरकार , स्वास्थ्य मन्त्रालयले उहाँलाई कारवाही स्वरुप: मन्त्रालयमा स्पष्टीकरणका लागि तानेको भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको देखिएको छ ।

