उदयपुर जिल्लामा थप ११ जना कोरोना भाइरस संक्रमित थपिए, नेपालमा कोरोना संक्रमित संख्या ४२ पुग्यो , कोरोना संक्रमित ५ जना निको भए

0 Shares

उदयपुर जिल्लामा आज थप ११ जनाको कोरोना भाइरस(COVID-19) पोजेटिभ देखिएको बताइएको छ । ८ जनाको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरीमा ८ जना र राष्ट्रिय प्रयोगशाला , टेकु , काठमाडौंमा ३ जनाको नमुना परीक्षणबाट कोरोना भाइरस संक्रमण भएको जनाइएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ भने उदयपुर जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २४ पुगेको छ । आज कोरोना संक्रमित पुष्टि भएका ११ जनाको कोशी अञ्चल अस्पताल, विराटनगरमा आइसोलेशनमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
आज कोरोना भाइरस संक्रमित कैलालीका अर्का एक जना निको भएर सेती प्रादेशिक अस्पताल , धनगढीबाट डिस्चार्ज भएका छन् । यो सँगै कोरोना भाइरस संक्रमितहरु मध्ये उपचारपछि निको हुने संख्या ५ पुगेको छ भने बाँकी ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यता केन्द्रीय कारागार त्रिपुरेश्वरमा खटिएका ७ जना नर्सको आर.डी.टी. पोजेटिभ देखिएको जनाइएको छ ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख , उपचारपछि निको भएका मानिसहरुको संख्या ६ लाख ५१ हजारभन्दा बढी र मृत्यु हुनेको संख्या १ लाख ७१ हजारभन्दा बढी र संयुक्त राज्य अमेरिकामा मात्रै म।त्यु हुने संख्या ४२ हजार नाघेको छ ।

Leave a Reply