चन्द्रसूर्य साकोस, सातदोबाटो र श्रीकृष्ण प्रणामी कल्बद्वारा संयुक्त रुपमा असाहाय तथा बिपन्न परिवारलाइ राहत बितरण , रत्नाकर साकोस बैशाख ९ गतेबाट सञ्चालन हुने

0 Shares

ललितपुर महानगरपालिका-१५ , सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.र श्रीकृष्ण प्रणामी कल्बको संयुक्त आयोजनामा लकडाउन प्रभावित ज्याला मजदुरी गरी जीविका गर्ने असाहाय तथा बिपन्न परिवारलाइ राहत बितरण गरेको जनाइएको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गत रही सामाजिक दुरी समेत पूरा गर्दै ललितपुरको बिभिन्न ठाउँमा राहत बितरण गर्दै आएका तिनीहरुले आज ललितपुरको धापाखेल क्षेत्रमा राहत सामाग्री बितरण गरेको आयोजक चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामशरण बस्नेतको भनाई छ ।
यता साँझमा मात्रै सञ्चालन हुने गरेको तर लकडाउनले ललितपुरको हकबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि.ले भोलि बैशाख ९ गतेबाट समय मिलाएर कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने सोही संस्थाका अध्यक्ष करुणारत्ने बज्राचार्यको भनाई छ ।

Leave a Reply