बैशाख १४ गतेदेखि दैनिक विहान ११बजेदेखि दिउसो १ बजे कार्यालय सञ्चालन गर्दै इमानुयल साकोस , भेडासिं-२४, काठमाडौं
काठमाडौं महानगरपालिका-२४, भेडासिंमा रहेको इमानुयल बचत तथा ऋण सहकारी संस्था लि.ले लकडाउनमा पनि यही बैशाख १४ गतेबाट दैनिक विहान ११ बजेदेखि दिउसो १ बजेसम्म कार्यलय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने जनाएको छ । लकडाउनको समयमा आफ्ना शेयर सदस्यहरुलाई पैसाको आवश्यकता परेमा उनीहरुलाई घरमै पैसाको सेवा उपलब्ध गराउने र त्यसका लागि यस संस्थाका व्यवस्थापक गणेश खत्रीलाई मोवाइल नं.९८५११३६२१९ मा या कार्यालय सञ्चालन भएको समयमा ०१-४२४३९४९ मा सम्पर्क गर्न सकिने सो संस्थाको भनाई छ ।

