लकडाउनमा पनि आफ्ना शेयर सदस्यहरुलाई वित्तीय लगायतका सेवा प्रदान गर्दै मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.

0 Shares

काठमाडौंको माछापोखरीमा मुख्य कार्यालय तथा कालीमाटी , न्युरोड र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले कोरोना भाइरस(COVID-19)।
कहरका कारण २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउनबाट उत्पन्न हुन सक्ने जोखिमको विश्लेषण गरी आपदकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने जनाइएको छ । सो संस्थाको सञ्चालक समितिको हालैको बैठकले संस्थाका प्रवन्ध सञ्चालक महाशंकर रेग्मीको संयोजकत्वमा विपद व्यवस्थापन उप-समिति निमार्ण गरेको छ । त्यस उप-समिति सदस्यमा कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल ,सञ्चालक समिति सदस्य शेखर बस्नेत , कर्जा विभाग प्रमुख प्रदीप जोशी र सेवाकेन्द्र प्रमुख पुरनबहादुर कुँवर रहनु भएको सो संस्थाले जनाजको छ ।

त्यसैगरी संस्थाको सञ्चालक समितिले मापदण्ड तयार गर्ने, मुल्यांकन फारममार्फत सदस्यलाई आर्थिक प्याकेज र राहत प्याकेज व्यवस्था गर्ने जिम्मा उपसमितिलाई दिएको र उप-समितिले पनि आफूले प्राप्त गरेको जिम्मेवारी अनुरुप कार्य अगाडि बढएको सोही उप-समिति संयोजक महाशंकर रेग्मीले भनाई छ ।
लकडाउन सुरु भएदेखि नै घरदैलो सेवालाई समेत निरन्तर रुपमा सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय लगायतका सेवा प्रदान गर्दै आएको सो संस्थाले २०७६ चैत्र २६ गतेदेखि कार्यालय सञ्चालन गरिरहेको र यस वीचमा कार्यालयबाट मात्रै सेवा लिने सदस्यको संख्या १ हजार नाघेको जनाइएको छ ।

Leave a Reply