नयाँपाटी साकोस, नयाँपाटीद्वारा राहत सामाग्री तथा आर्थिक सहयोग प्रदान

0 Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी चोकमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले गोकर्णेश्वर नगरपालिका वडा नं.२ मा १५० जनालाई रु.१.२५,००० बराबरको राहत सामाग्री सोही वडा कार्यालयको सहकार्यमा २०७७ बैशाख ७ गते बितरण गरेको थियो भने सोही संस्थाले २०७७ बैशाख १२ गते हिन्दू स्वयंसेवक सँगको सहकार्यमा रामजानकी स्कूलमा मिलिजुली भोजन व्यवस्थापन समितिको सक्रियतामा खाना बितरण गर्ने कार्यलाई आर्थिक सहयोग गरेको छ । त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले रु.५०,००० प्रदान गर्नु भएको थियो ।

कोरोना कहरले २०७६ चैत्र ११ बाट देशभर नेपाल सरकारले गरिरहेको लकडाउनमा पनि २०७६ चैत्र २७ गतेसम्म सम्पर्क व्यक्ति मार्फत र त्यसपछिदेखि दैनिक विहान ७:३० देखि ९:३० बजेसम्म आफ्नो मुख्य कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको त्यस संस्थाले लकडाउनको
अवधिमा सदस्यहरुले सो संस्थामा तिर्नु पर्ने ऋण नतिरेमा कुनै विलम्ब शुल्क नलाग्ने तथा संस्थाको मुख्य कार्यालयका अतिरिक्त काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.६, जोरपाटी र कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१, गागलफेदीमा रहेका सदस्य सेवाकेन्द्रबाट एटीएम (ATM) बाट रकम निकाल्न तथा नयाँपाटी स्मार्ट बैंकिङबाट सेवा लिन सकिने व्यवस्था गरिएको सोही संस्थाका सहायक प्रवन्धक शिवभक्त मानन्धरको भनाई छ ।
आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवाका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै अगाडि बढिरहेको उक्त संस्थाको आयोजनामा लकडाउनका वीचमा घुम्ती रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply