चन्द्रागिरि साकोस, थानकोट र लायन्स क्लव अफ काठमाडौंको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौंको थानकोट चेकपोष्टमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.र लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा २०७६ बैशाख १४ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भ एको जानकारी प्राप्त भएको छ । कोरोना भाइरस(COVID-19) को कारण नियमित रुपमा रक्तदान कार्यक्रम हुन नसक्ता अस्पतालहरुमा रगत अभाव भईरहेकोले केही हदसम्म भएपनि रगत अभाव कम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शिवशंकर मानन्धरले बताउनुभयो । कार्यक्रममा ७७ जना पुरुष र १७ जना महिला गरी ९४ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको सोही संस्थाका कार्यकारी प्रमुख कृष्णकुमार श्रेष्ठको भनाई छ । त्यस अवसरमा उपस्थित भई काठमाडौंको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले रक्तदाता तथा आयोजकलाई उत्साह प्रदान गर्नु भएको जनाइएको छ ।











स्थानीय समुदायमा आधारित रहनुका साथै नमुना सहकारीको पहिचान बनाएको हो संस्थाले आफ्नो १९ औं स्थापना दिवसको अवसर पारी २०७७ बैशाख ६ गते पनि रक्तदान कार्यक्रम सम्पन्न भएको थियो , जसमा ६३ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।

