तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.ले ग-यो चन्द्रागिरी नगरपालिकाको विपद व्यवस्थापन कोषमा रु.५५ हजार सहयोग

0 Shares

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको नैकापमा आफ्नै भवनमा मुख्य कार्यालय तथा काठमाडौं महानगरपालिका-१४,कलंकीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.ले चन्द्रागिरी नगरपालिकाको विपद व्यवस्थापन कोषमा रु.५५ हजार रुपैया सहयोग गरेको जानकारी प्राप्त भएको छ । सोही संस्थाका पदाधिकारी तथा सञ्चालक , कर्मचारी लगायतको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष मनोजकुमार थापाले चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको सो संस्थाले जनाएको छ ।
विश्व कोरोना भाइरस ्को संक्रमणले थलिरहेको र नेपाल लकडाउनको अवस्था रहेका कारण दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा बस्ने लगायतका विपन्न वर्गका नागरिकहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले स्थापना भएको चन्द्रागिरी नगरपालिकाको विपत व्यवस्थापन कोषमा हाम्रो यस संस्थाले उक्त रकम सहयोग गरेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष मनोजकुमार थापाको भनाई छ ।
लगाउनको चलिरहँदा पनि सो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय लगायतका सेवा प्रदान गरिरहेको जनाइएको छ ।
कोरोना भाइरसको विपत्ती मुलुकले सामना गरिरहेको समयमा नेपालका धेरै सहकारी संघ/संस्थाहरुले कोरोना भाइरसको कहरबाट मुक्त गर्न सरकारलाई सकेको सहयोग गरिरहेको देखिएको छ ।

Leave a Reply