सहभाव साकोस सहित ११ वटा सामाजिक संस्थाहरुको आयोजनामा आज काठमाडौंको बेशीगाउँमा बृहत रक्तदान सम्पन्न

0 Shares

विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(COVID-19)को संक्रमण फैलिन नदिन नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट जारी लकडाउनका कारण बढिरहेको रगत अभाव कम गर्ने उद्देश्यले आज सहकारी संस्थाहरु सहित ११ वटा सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, बेशीगाउँस्थित जी.एम.बी. पेट्रोल पम्प परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, बेशीगाउँमा रहेका सहभाव बचत तथा ऋण सहकारी संस्था लि.,ज्ञानश्री बचत तथा ऋण सहकारी संस्था लि.,आर्थिक प्रगति बचत तथा ऋण सहकारी संस्था लि., शिवम बचत तथा ऋण सहकारी संस्था लि.,छहारी युवा क्लव , स्पोर्टस स्पेशल क्लव,मासिक १०० अभियान नेपाल ,वृहस्पति मार्गटोल विकास समाज,आरुबारी डाँडागाउँ टोल सुधार समिति,आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज र आरुबारी युवा क्लवको संयुक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गरेको सहभाव बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक जगन्नाथ चालिसेले सहकारी सञ्जाललाई बताउनुभयो । लकडाउनका कारण रगत अभाव भएर विरामीको उपचारमा समस्या नहोस् भनेर यो रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ ।

………………………………….

Leave a Reply